१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन

२९ पुष २०८१, सोमबार १३:४३

काठमाडौँ | इजरायलमा हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायलीहरूको रिहाइ माग गर्दै हजारौँ इजरायलीले तेल अभिभमा प्रार्थना गरेका छन्। प्रदर्शनपछिको कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रा.धनप्रसाद पण्डितले समेत सहभागिता जनाएका छन्।

अघिल्लो वर्ष २० असोज (२०८०) हमास आक्रमणका क्रममा अपहरित बन्दीहरू छाड्न माग गर्दै इजरायलको सबैभन्दा ठूलो सहर तेल अभिभमा हरेक शनिबार प्रार्थनासहितको प्रदर्शन गर्ने गरिएको हो। प्रदर्शनकारीहरूले नेपाली विद्यार्थी विपिन जोशीको तस्बिरअंकित प्लेकार्ड पनि बोक्ने गरेका छन्।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० मा शपथ खाने भएकाले एक वर्षदेखि जारी प्रार्थनासहितको यस्तो प्रदर्शन यो नै अन्तिम हुने सहभागीहरूले ठानेका छन्। त्यसअगावै युद्धविरामका लागि इजरायल तथा प्यालेस्टिनी समूह हमासबीच वार्ता सुरु भएको छ। वार्ताको वातावरण बनाउन हमासले ३४ बन्दी रिहा गर्ने सूची सार्वजनिक गरेको छ। तर त्यसमा विपिनको नाम छैन।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि नै हमास–इजरायलबीच युद्धविराम र बन्दी रिहाइ हुने सम्भावनाका बीच १ वर्षदेखि जारी प्रार्थनासहितको प्रदर्शन अन्तिम हुने ठानिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का