२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक

२९ पुष २०८१, सोमबार १४:०८

काठमाडौँ | भारतको झारखण्डस्थित धनबाद जिल्लाको एक निजी विद्यालयमा प्रधानाध्यापकको आदेशमा कथित रूपमा धेरै छात्राहरूलाई आफ्नो सर्ट खोल्न लगाइएको घटना बाहिर आएको छ। तर प्रधानाध्यापकले आफूले त्यस्तो कुनै आदेश नदिएको बताएका छन् ।

छात्राहरूले धनबाद जिल्ला मजिस्ट्रेटलाई दिएको लिखित उजुरी अनुसार विद्यालयमा प्रि-बोर्ड परीक्षाको अन्तिम दिन यो घटना भएको हो। छात्राले विद्यालयको सर्टमा एकअर्काको लागि शुभकामना लेखेका थिए । तर, यसो गर्दा विद्यालयको प्रतिष्ठामा आँच आउने भन्दै प्रधानाध्यापकले सबै छात्राले आफ्नो सर्ट विद्यालयमा छाड्नु पर्ने बताए ।

यसपछि केही छात्राले आफैँ सर्ट फुकालेको र कतिपयको सिनियरले सर्ट निकालेको आरोप छ । जिल्ला प्रशासनले सम्पूर्ण घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।

यस विषयमा छात्राहरू मिडियासामु बोल्न तयार छैनन् । तर, उनका परिवारका सदस्यले यस विषयमा बोलेका छन् ।

विद्यालयमा कक्षा १० को दुवै खण्डसहित जम्मा १२० छात्रा छन् । परीक्षा सकिएपछि करिब २० छात्राहरू घर गए । बाँकी छात्राहरूले ‘पेन डे’ मनाइरहेका थिए । कतिपय छात्राहरू सार्वजनिक यातायातमा ब्लेजर लगाएर घर जान बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की