२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा

२०८१, २ माघ बुधबार १२:२८

वासिङटन डीसी । अमेरिकी शेयर नियामक सेक्यरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)ले खर्बपति व्यापारी एलन मस्कमाथि मुद्दा हालेको छ । सन् २०२२ मा एक्स (त्यतिबेलाको ट्विटर) किन्नु अघि नै कम्पनीको शेयर किनेको कुरा सार्वजनिक नगरेको मामिलामा सेकले उनीमाथि मुद्दा हालेको हो ।


के छ सेकको आरोप ?
मस्कले एक्स किन्नुअघि नै यसको केही सेयर किनिसकेका थिए । यसबारे मस्कले सेकलाई जानकारी गराउनुपर्थ्यो, तर गरेनन् । नियम उल्लङ्घन गरेको आरोपमा सेकले मस्क विरुद्ध कानुनी कारबाही सुरु गरेको छ ।

मिडिया रिपोर्टका अनुसार मस्कले २०२२ को सुरुवातदेखि नै ट्विटरको शेयर किन्न थालेका थिए । मार्च २०२२ सम्ममा मस्कसँग ट्विटरको ५ प्रतिशतभन्दा बढी शेयरको स्वामित्व थियो । तर मस्कले अप्रिल ४ सम्म यो खुलासा नगरेको उजुरीमा भनिएको छ ।

यो नियमको उल्लङ्घन हो । मस्कले अक्टोबर २०२२ मा ट्विटर किने अनि पछि यसको नाम फेरेर एक्स राखे । सेकको मुद्दालाई उनका मस्कका वकिल अलेक्स स्पिरोले भने बनावटी भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार