१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल

२ माघ २०८१, बुधबार १४:१५

काठमाडौँ | इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन्।

ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ताअघि एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले भने, “मलाई आशा छ कि ट्रम्पले यस क्षेत्र र विश्वमा शान्ति कायम गर्नुहुनेछ।”

वासिङ्टनले तेहरानसँग करिब ४५ वर्षदेखि औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन र ट्रम्पले हालै आफ्नो चुनावी अभियानका क्रममा अमेरिकाको सहयोगी इजरायलले इरानी आणविक केन्द्रमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

इरानको आणविक स्थलमा अमेरिकासमर्थित इजरायली सैन्य आक्रमणको सम्भावनाबारे पेजेस्कियानले भने, “हामी कुनै पनि कदमको जवाफ दिनेछौँ। हामी युद्ध चाहँदैनौँ, अनि युद्धसँग डराउँदैनौँ पनि।”

इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली शक्ति आणविक कार्यक्रम पुनः सुरु गर्न गम्भीर रहेको बताएका छन्।

सन् २०१५ मा इरान र फ्रान्स, बेलायत र जर्मनीलगायत विश्वशक्तिराष्ट्रबीच तेहरानको आणविक कार्यक्रम प्रतिबन्धको बदलामा तेहरानप्रति अन्तर्राष्ट्रिय प्रतिबन्ध खुकुलो बनाउने सम्झौता भएको थियो।

ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले एकतर्फी रूपमा सन् २०१८ मा सम्झौताबाट पछि हटेको थियो र आर्थिक प्रतिबन्ध पुनः लागू गरेको थियो।

तेहरानले आणविक सम्झौताबाट वासिङ्टनको बहिर्गमनसम्म सम्झौताको पालना गरेको थियो तर त्यसपछि उसले आफ्नो प्रतिबद्धताबाट क्रमशः पछि हट्दै जाँदा अहिले सम्झौता कायान्वयनमा छैन।

पेजेस्कियानले भने, “हामी आणविक हतियार वा अन्य हतियार बनाउन चाहँदैनौँ तर उनीहरूले हामीमाथि आणविक बम बनाउन खोजेको आरोप लगाएका छन्।”

एनबीसी न्युजकी प्रस्तोता लेस्टर होल्टले ट्रम्प सत्तामा फर्किएपछि उनीसँग वार्ता गर्न सकिने सम्भावनाबारे गरेको प्रश्नमा इरानी नेताले यो सम्भावना अहिलेसम्म नदेखिएको बताए।

उनले भने, “हाम्रो समस्या संवादमा छैन, प्रतिबद्धतामा छ। यो वार्ता र संवादका क्रममा हुने प्रतिबद्धतामा निर्भर हुन्छ।

अमेरिकालाई संकेत गर्दै पेजेस्कियानले भने, “वार्ताको अर्को पक्षले आफ्नो वाचा र दायित्व पूरा नगरेपछि इरान पनि पछि हट्न बाध्य हुनुपरेको हो।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का