२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ

३ माघ २०८१, बिहीबार १३:३०

काठमाडौँ | अभिनेता शेफअली खानमाथि घुसपैठको आक्रमण भएपछि उनको परिवारले आधिकारिक बयान जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रीमान् शेफअली खानको निवासमा चोरीको प्रयास भएको थियो । उहाँ हाल अस्पतालमा शल्यक्रियाको क्रममा हुनुहुन्छ । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न अनुरोध गर्दछौं । यो पुलिसको मामला हो । हामी तपाईंलाई अपडेट राख्नेछौं ।’

उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती आक्रमणकारीले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । सो क्रममा खान र ती व्यक्तिबीच झडप भयो । यस क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन् । खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभिनेत्रीसमेत रहेकी पत्नी करिना कपुर र अन्य परिवारका सदस्य भने सकुशल रहेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका तीन जना शेफको घरमा काम गर्ने व्यक्ति हुन् । उनीहरुबाट घरभित्र पसेका चोर को हुन् भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । बान्द्रा प्रहरीले लुटपाट र आक्रमणको धारा अन्तर्गत एफआईआर दर्ता गरेको छ । अन्य घरेलु कामदार र कर्मचारीलाई पनि सोधपुछ भइरहेको छ ।

घटनामा कामदारको भूमिका शंकास्पद मानिएको छ । घटना भएको समयको दुई घन्टाको सीसीटीभी फुटेजमा बाहिरी संदिग्ध व्यक्ति घरभित्र पसेको नदेखिएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा आक्रमणकारी घरमा पहिल्यै देखि नै रहेको बुझिएको छ । पाइपलाइन वा एसी डक्टबाट भित्र पसेको हुनसक्ने आशंका पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु