१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ

३ माघ २०८१, बिहीबार १३:३०

काठमाडौँ | अभिनेता शेफअली खानमाथि घुसपैठको आक्रमण भएपछि उनको परिवारले आधिकारिक बयान जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रीमान् शेफअली खानको निवासमा चोरीको प्रयास भएको थियो । उहाँ हाल अस्पतालमा शल्यक्रियाको क्रममा हुनुहुन्छ । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न अनुरोध गर्दछौं । यो पुलिसको मामला हो । हामी तपाईंलाई अपडेट राख्नेछौं ।’

उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती आक्रमणकारीले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । सो क्रममा खान र ती व्यक्तिबीच झडप भयो । यस क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन् । खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभिनेत्रीसमेत रहेकी पत्नी करिना कपुर र अन्य परिवारका सदस्य भने सकुशल रहेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका तीन जना शेफको घरमा काम गर्ने व्यक्ति हुन् । उनीहरुबाट घरभित्र पसेका चोर को हुन् भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । बान्द्रा प्रहरीले लुटपाट र आक्रमणको धारा अन्तर्गत एफआईआर दर्ता गरेको छ । अन्य घरेलु कामदार र कर्मचारीलाई पनि सोधपुछ भइरहेको छ ।

घटनामा कामदारको भूमिका शंकास्पद मानिएको छ । घटना भएको समयको दुई घन्टाको सीसीटीभी फुटेजमा बाहिरी संदिग्ध व्यक्ति घरभित्र पसेको नदेखिएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा आक्रमणकारी घरमा पहिल्यै देखि नै रहेको बुझिएको छ । पाइपलाइन वा एसी डक्टबाट भित्र पसेको हुनसक्ने आशंका पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का