२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ, बंगलादेशका नागरिक भएको प्रहरीको आशंका

६ माघ २०८१, आईतवार ११:४१

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। आइतबार बिहान करिब ३:३० बजे प्रहरीले आरोपीलाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेको केही समयपछि प्रहरीले पत्रकार सम्मेलन गरेर आक्रमणकारीको बारेमा जानकारी दिएको थियो। आक्रमणकारी लगभग ३० वर्षका र उनको नाम मोहम्मद शरीफुल इस्लाम शहजाद रहेको जनाइएको छ। उनी चोरीको उद्देश्यले घरमा प्रवेश गरेका थिए।

प्रहरीका अनुसार आक्रमणकारी केही समय मुम्बईमा बसेर फर्किएका र त्यसपछि फेरि मुम्बई आएका थिए।

आरोपीलाई ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको थियो। मुम्बई प्रहरीले आरोपित आक्रमणकारी बंगलादेशका नागरिक हुन सक्ने बताएको छ। उनीसँग भारतका आधिकारिक प्रमणपत्रहरु केही पनि फेला नपरेको जनाइएको छ।

बिहीबार बिहान सैफ अली खानलाई उनको बान्द्रास्थित निवासमा एक व्यक्तिले धेरै पटक छुरा प्रहार गरेका थिए। सैफ अली खानमाथि यो आक्रमण बुधबार राती करिव २.३० बजे भएको थियो।

प्रहरीका अनुसार आरोपित बंगलादेशी मूलका भएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाको समयमा आरोपी चोरीको उद्देश्यले घरमा प्रवेश गरेका थिए।

प्रहरीअनुसार अभियुक्तलाई अदालतमा पेश गरी प्रहरी हिरासतको माग गर्ने र त्यसपछि यस मुद्दाको अनुसन्धान अगाडि बढाइनेछ।

आरोपीको बारेमा अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

बिहीबार भएको आक्रमणमा सैफ अली खानलाई छ ठाउँमा चोट लागेको थियो। उनको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो। यो आक्रमणपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की