२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बङ्गलादेशमा कुस्ती खेलाडी थिए सैफमाथि चक्कु हान्ने युवक

७ माघ २०८१, सोमबार १३:११

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि भएको चक्कु प्रहारको घटनाबारे मुम्बई प्रहरीको अपराध शाखाले अनुसन्धान गरिरहेको छ । सोमबार प्रहरीले यस मामिलामा सन्दिग्ध मोहम्मद सरिफुल इस्लाम शहजादलाई समातेका थिए ।

पक्राउ परेका अभियुक्त बङ्गलादेशका एक पहलवान भएको बताइएको छ । सोधपुछपछि अपराध शाखाले भन्यो, ‘शहजादले जिल्ला र राष्ट्रिय स्तरमा कुस्ती खेलेका थिए । कुस्ती खेलाडी भएको कारणले गर्दा उनी सैफमाथि भारी भए ।

घटनापछि उनले धेरै पटक लुगा फेरे र धेरै ठाउँमा पनि गए । त्यसैले उसलाई खोज्न समय लाग्यो । ऊ एउटा पबमा काम गर्थे, यहाँबाट पनि चोरी गरेको आरोपमा उसलाई निकालिएको थियो । शहजाद सेप्टेम्बरमा मुम्बई आएका थिए ।’

मुम्बई प्रहरीले सैफको बान्द्रास्थित घरमा अपराध दृश्य रिक्रियट गर्न सक्ने भनिएको छ । शहजाद यतिबेला ५ दिनको प्रहरी हिरासतमा छन् । प्रहरीले बताएअनुसार शहजाद जनवरी १६ को बिहान चोरीको उद्देश्यले सैफको अपार्टमेन्टमा छिरेका थिए । अपार्टमेन्टको आठौँ तल्लासम्म उनी भर्याङ्ग नै चढेर गएको पत्ता लागेको छ ।

यसपछि, पाइपमा उक्लिँदै उनी १२ औँ तल्लामा पुगे र बाथरुमको झ्यालबाट सैफको फ्ल्याटमा छिरे । जनवरी १५ को राति करिब २ बजे सैफमाथि आक्रमण भएको थियो ।

यस आक्रमणमा उनको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको थियो । यसपछि उनलाई लिलावती अस्पताल पुर्याइयो । यहाँ उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की