२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बङ्गलादेशमा कुस्ती खेलाडी थिए सैफमाथि चक्कु हान्ने युवक

२०८१, ७ माघ सोमबार १३:११

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि भएको चक्कु प्रहारको घटनाबारे मुम्बई प्रहरीको अपराध शाखाले अनुसन्धान गरिरहेको छ । सोमबार प्रहरीले यस मामिलामा सन्दिग्ध मोहम्मद सरिफुल इस्लाम शहजादलाई समातेका थिए ।

पक्राउ परेका अभियुक्त बङ्गलादेशका एक पहलवान भएको बताइएको छ । सोधपुछपछि अपराध शाखाले भन्यो, ‘शहजादले जिल्ला र राष्ट्रिय स्तरमा कुस्ती खेलेका थिए । कुस्ती खेलाडी भएको कारणले गर्दा उनी सैफमाथि भारी भए ।

घटनापछि उनले धेरै पटक लुगा फेरे र धेरै ठाउँमा पनि गए । त्यसैले उसलाई खोज्न समय लाग्यो । ऊ एउटा पबमा काम गर्थे, यहाँबाट पनि चोरी गरेको आरोपमा उसलाई निकालिएको थियो । शहजाद सेप्टेम्बरमा मुम्बई आएका थिए ।’

मुम्बई प्रहरीले सैफको बान्द्रास्थित घरमा अपराध दृश्य रिक्रियट गर्न सक्ने भनिएको छ । शहजाद यतिबेला ५ दिनको प्रहरी हिरासतमा छन् । प्रहरीले बताएअनुसार शहजाद जनवरी १६ को बिहान चोरीको उद्देश्यले सैफको अपार्टमेन्टमा छिरेका थिए । अपार्टमेन्टको आठौँ तल्लासम्म उनी भर्याङ्ग नै चढेर गएको पत्ता लागेको छ ।

यसपछि, पाइपमा उक्लिँदै उनी १२ औँ तल्लामा पुगे र बाथरुमको झ्यालबाट सैफको फ्ल्याटमा छिरे । जनवरी १५ को राति करिब २ बजे सैफमाथि आक्रमण भएको थियो ।

यस आक्रमणमा उनको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको थियो । यसपछि उनलाई लिलावती अस्पताल पुर्याइयो । यहाँ उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार