१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा

८ माघ २०८१, मंगलवार १७:३४

काठमाडौँ | एक युवतीले बिहेको पहिलो रात गलत तरिकाले आफ्नो ‘भर्जिनिटी चेक’ गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । बिहेकै पहिलो रात आफ्नो कुमारीत्व जाँच गरेको भन्दै उनले अदालतमा निवेदन दिएकी हुन् ।

घटना भारतको मध्य प्रदेशस्थित इन्दौरको बाणगंगाको हो । आजतकको रिपोर्टअनुसार युवतीको १२ डिसेम्बर २०१९ मा भोपालका एक केटासँग विवाह भएको थियो । अधिवक्ता कृष्णकुमार कुन्हारेले पहिलो रातको भोलिपल्टै ससुरालवालाले युवतीको भर्जिनिटीमा प्रश्न उठाएको बताए ।

‘विवाहको भोलिपल्टै पीडितकी सासूले छिमेकी युवतीलाई बोलाएर खाटमा रगत किन देखिएन भनेर सोधिन् । रगत नदेखिएको भन्दै सासूले बुहारीको कुमारीत्वमाथि प्रश्न उठाइन् । त्यसपछि दुई लाख दाइजोको माग गर्दै मानसिक यातना दिन थालिन्, ‘कृष्ण कुमारले भने ।

यस अवधिमा उनको तीन महिनामा पहिलो पटक गर्भपतन भयो । अर्को पटक उनले एउटी छोरीलाई जन्म दिइन् तर, ९ महिना ९ दिनपछि मृत्यु भयो । उनलाई छोरीको डीएनए परीक्षण गराउन दबाब दिइयो ।

समाचार अनुसार महिलाले तेस्रो पटक छोरीलाई जन्म दिइन् । त्यसपछि उनलाई घरबाट निकालियो । किनकी उनकी सासू र श्रीमान छोरा चाहन्थे ।

मानसिक यातनाबाट दिक्क भएर पीडित युवती इन्दौर जिल्ला अदालत पुगेकी छिन् । उनले सासू, ससुरा, श्रीमान् र जेठाजुविरुद्ध घरेलु हिंसाको उजुरी दिएको समाचारमा उल्लेख छ ।

पीडित युवतीको उजुरीका आधारमा अदालतले ससुरालवालाविरुद्ध घरेलु हिंसा संरक्षण ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

आजतकको रिपोर्टका अनुसार महिला तथा बाल विकास विभागको गोप्य प्रतिवेदनमा विवाहको पहिलो रात पीडितका ससुरालवालाले उनको भर्जिनिटी जाँच गर्न अमानवीय तरिका अपनाएको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का