१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो निकालियो

११ माघ २०८१, शुक्रबार १५:३७

नयाँ दिल्ली । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले एक ९ वर्षीया बालिकाको पेटबाट कपालको ठुलो डल्ला निकालेका छन् । करिब दुई घण्टाको अपरेसनपछि बाहिर निस्किएको कपालको डल्लोको एक केजीको भएको बताइएको छ । मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेज एन्ड हस्पिटल (एसकेएमसीएच) मा भएको यो शल्यक्रिया चर्चाको विषय बनेको छ । बालिकाको पेटमा त्यतिधेरै कपाल कसरी पुग्यो ?

जनवरी १८ मा एक दम्पतीले आफ्नी ९ वर्षीया छोरीलाई पेट दुखेको भन्दै मुजफ्फरपुर मेडिकल कलेजमा ल्याए । ती बालिकाको तीन वर्षको उमेरदेखि नै कपाल टिपेर खाने बानी रहेछ । सानै देखि टाउकोको कपाल उखेलेर खान्थिन् ।

नुहाउन भन्दा पनि नमानेपछि मातापिताले टाउको खौरिदिए । तर बिस्तारै कपाल बढ्दै गएपछि फेरि खाइहाल्ने उनको बानी थियो । १५ दिनअघिदेखि बालिकाको पेट दुख्न थाल्यो । पेट दुखेको भन्दै बालिकाले खान र पिउन छोडिन् । करकापले केही खुवायो भने वान्ता गर्थिन् । निजी अस्पतालमा देखाउने क्रममा पेटमा कपाल भएको थाहा भयो । डाक्टरको सल्लाहमा परिवारले बालिकालाई सरकारी अस्पताल लगे ।

बालिकाको पेटभित्रको गाँठो बाहिरबाट छामेरै महसुस गर्न सकिन्थ्यो । अपरेसनपछि पेटबाट निस्किएको कपालको डल्लो झन्डै एक केजीको थियो । बालिका ट्राइकोटिलोमेनिया नामक मानसिक रोगी भएको र उनलाई ट्राइकोबेजोर नामक रोग लागेको डाक्टरले बताएको छ ।

यो रोगमा व्यक्तिले आफ्नो आँखी भौँ, टाउको र छालमा भएको कपाल वा रौँ उखेलेर फ्याँक्छन् । केहीले भने यसरी उखेलेको रौँ/कपाल खान्छन् पनि । यो कपाल पच्दैन । लगातार कपाल खाँदा खाँदा एक अर्कामा टाँसिएर पेटमा कपालको डल्लो बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का