२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासले रिहा गर्ने ३३ बन्दीमा ८ जना पहिल्यै मरिसकेको तथ्य सार्वजनिक

२०८१, १५ माघ मंगलवार १२:२९

काठमाडौँ | इलरायलले हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहेका ३३ जनामध्ये ८ पहिल्यै मरिसकेका जनाएको छ । हमासको सूचीबाट युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्ने भनिएका ३३ जनामा ८ पहिल्यै मरिसकेका पत्ता लागेको इजरायली अधिकारीहरुले बताएका छन् ।

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकारलाई दिएको जानकारी अनुसार हमासले अन्य २५ जना जीवित रहेको जानकारी दिएको छ । उनले हमासबाट बन्दीहरुको अवस्थाबारेको जानकारी प्राप्त भएको बताएका छन् ।

प्रवक्ता मेन्सरले मृतकको नाम भने पत्रकारलाई बताएनन् । यद्यपि, परिवार तथा आफन्तजनलाई उनीहरुको स्थितिबारे सूचित गरिएको उनले जानकारी दिए । अब, बन्दीहरुको अघिल्लो रिहाई बिहीबार र शनिबार हुने बताइएको छ ।

अझै पनि ९० भन्दा बढी व्यक्ति हमास कै नियन्त्रणमा रहेको बताइन्छ । यो घोषणाअघि इजरायलले कम्तिमा पनि ३५ जना बन्दी मारिएको अनुमान गरेको थियो । सम्झौताको पहिलो चरण अन्तर्गत गाजामा बन्द ३३ बन्दीलाई इजरायलले लिएको छ । बदलामा १९ सय बढी प्यालेस्टाइनीलाई रिहा गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार