१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनले जारी गरेको आदेश अदालतले रोक्यो

१६ माघ २०८१, बुधबार ०९:१२

एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदानमाथि लगाएको प्रतिबन्धलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोकेको छ ।

न्यायाधीशले संघीय अनुदान, ऋण तथा अन्य वित्तीय सहायता प्रभावित हुने गरी ट्रम्प प्रशासनले जारी गरेका आदेशमा अस्थायी रोक लगाएका हुन् ।

मंगलबार फण्डिङ रोक्ने ट्रम्प प्रशासनको आदेश लागू हुनु भन्दा पहिले न्यायाधीशको फैसला आएको हो ।
अदालतले दिएको आदेशअनुसार ३ फेब्रुअरीसम्म ट्रम्पको निर्णय कार्यान्वयन हुने छैन ।

ट्रम्पको निर्णयविरुद्ध नेसनल काउन्सिल फर नन प्रोफिट अर्गजाइजेसनका प्रमुख डाइन यान्टेलले मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुरुवाइ गर्दै न्यायाधीश जर्जले यस्तो निर्णय गरेका हुन् ।

ह्वाइट हाउसले सङ्घीय सरकारबाट सहयोग तथा ऋण रोक्का गर्ने निर्णयपछि यसमाथि ठुलो बहस भएको थियो। ट्रम्पको यो निर्णयले बालबालिकाको विकास र स्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव पारेको थियो।

बाल शिक्षा र सामुदायिक स्वास्थ्यका कार्यक्रम समेत रोक्ने गरी ल्याइएको ट्रम्पको सो निर्णयले धेरैलाई आश्चर्यमा परेको छ।
ट्रम्पको निर्णय कार्यान्वयन भएमा सामाजिक सुरक्षा, पेन्सन तथा विद्यार्थी लोन लगायत अन्य धेरै विषय प्रभावित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का