१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोक्किए : १८ शव फेला पर्‍यो

१७ माघ २०८१, बिहीबार ११:५७

एजेन्सी | अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ।

आकाशमै हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनास्थलबाट हालसम्म १८ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ। प्रहरी अधिकारीहरूले अहिलेसम्म घटनास्थलबाट १८ जनाको शव निकालेको जनाएको छ। थप हराएकाहरुको खोजीकार्य जारी रहेको छ। खोजी टोलीले अहिलेसम्म घटनास्थलबाट कोही पनि जीवित फेला पार्न सकेको छैन।

यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको थाहा हुन आएको छ। बीबीसीमा उल्लेख भएअनुसार उक्त हेलिकप्टर अमेरिकी सेनाको रहेको र प्रशिक्षण उडानका क्रममा विमानसँग ठोक्किएको हो।

उक्त हेलिकप्टर भर्जिनियाको फोर्ट बेल्भोइरस्थित १२औं एभिएसन ब्याटालियनको बी कम्पनी अन्तर्गत थियो। यद्यपि हेलिकोप्टरमा कतिजना थिए भन्ने हालसम्म खुलेको छैन।

उक्त विमानमा ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सले जनाएको छ। वासिङ्टन अग्नि नियन्त्रण विभागका अनुसार बुधबार राति रोनाल्ड रेगन विमानस्थल नजिकै दुर्घटना भएको हो।

दुर्घटना अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (H-60) हेलिकप्टर ठोक्किएर भएको थियो। एयरलाइन्सका अनुसार सीआरजे७००० जेटमा ६५ सिट छन्। एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको बीबीसीमा उल्लेख छ।

हाल विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का