२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोक्किए : १८ शव फेला पर्‍यो

२०८१, १७ माघ बिहीबार ११:५७

एजेन्सी | अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ।

आकाशमै हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनास्थलबाट हालसम्म १८ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ। प्रहरी अधिकारीहरूले अहिलेसम्म घटनास्थलबाट १८ जनाको शव निकालेको जनाएको छ। थप हराएकाहरुको खोजीकार्य जारी रहेको छ। खोजी टोलीले अहिलेसम्म घटनास्थलबाट कोही पनि जीवित फेला पार्न सकेको छैन।

यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको थाहा हुन आएको छ। बीबीसीमा उल्लेख भएअनुसार उक्त हेलिकप्टर अमेरिकी सेनाको रहेको र प्रशिक्षण उडानका क्रममा विमानसँग ठोक्किएको हो।

उक्त हेलिकप्टर भर्जिनियाको फोर्ट बेल्भोइरस्थित १२औं एभिएसन ब्याटालियनको बी कम्पनी अन्तर्गत थियो। यद्यपि हेलिकोप्टरमा कतिजना थिए भन्ने हालसम्म खुलेको छैन।

उक्त विमानमा ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सले जनाएको छ। वासिङ्टन अग्नि नियन्त्रण विभागका अनुसार बुधबार राति रोनाल्ड रेगन विमानस्थल नजिकै दुर्घटना भएको हो।

दुर्घटना अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (H-60) हेलिकप्टर ठोक्किएर भएको थियो। एयरलाइन्सका अनुसार सीआरजे७००० जेटमा ६५ सिट छन्। एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको बीबीसीमा उल्लेख छ।

हाल विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार