१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ)

१७ माघ २०८१, बिहीबार १४:३२

एजेन्सी | अमेरिकाको राजधानी वासिङ्टन डीसीको रेगन राष्ट्रिय विमानस्थलनजिकै बुधबार राति ६४ जना बोकेको अमेरिकी एअरलाइन्सको विमान र अमेरिकी सेनाकै ३ सदस्य सवार हेलिकप्टर आपसमा ठोकिएर पोटोम्याक नदीमा खसे। स्थानीय समयाअनुसार यो दुर्घटना राति ९ बजे भएको थियो।

यो खबर लेखिरहँदा दुर्घटनास्थलबाट १८ शव निकालिएको र बाँकी यात्रुको खोजी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आपसमा ठोकिएपछि विमान र हेलिकप्टर पोटोम्याक नदीमा खसेका थिए। यो संयुक्त राज्य अमेरिकाको मध्य-एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो। विमान खसेको नदीको पानी धेरै चिसो भएकाले खोजी र उद्धारमा कठिनाइ भइरहेको छ। यो नदीमा केही मिनेट बसेमा मानिस जम्न सक्ने बताइएको छ।

यस नदीमा पसेपछि बाँच्न लगभग असम्भव छ किनभने पानीको तापक्रम यति कम छ कि कोही पनि पौडी खेलेर पनि पानीबाट बाहिर निस्कन सक्दैन। वासिङ्टन पोस्टका अनुसार यस नदीको पानीको तापक्रम लगभग ३५ देखि ३६ डिग्री फरेनहाइट अर्थात् -१.१११११ सेल्सियस छ। यसबाहेक हालै यस क्षेत्रमा हिमपात भएको छ, जसका कारण नदीमा बरफका टुक्रा पनि तैरिरहेका छन्।

यति चिसो पानीमा यात्रुहरूलाई बाँच्न गाह्रो देखिन्छ। नदीमा बरफ र अत्यधिक चिसो पानीले उद्धार कठिन बनाइरहेका छन्। यस्तो चिसो पानीम शरीरको तापक्रम चाँडै घट्न सक्छ, जसले गर्दा यात्रुहरूको बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार यस्तो चिसो पानीमा शरीरबाट तातो चाँडै निस्कन्छ, जसका कारण पहिलो मिनेटमै चिसो पानीको झट्का लाग्न सक्छ। १० मिनेटभित्र मांसपेशीले नियन्त्रण गुमाउन सक्छ र हाइपोथर्मिया (कम तापक्रमको कारणले गर्दा न्यानो हुन नसक्नु) २० देखि ३० मिनेटभित्र हुन सक्छ। पानीमा प्रवेश गरेको केही समयपछि नै शरीर जम्न थाल्छ।

कसरी भयो दुर्घटना?

अमेरिकन इगल फ्लाइट ५३४२ विमान विमानस्थलमा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको थियो। पछाडिबाट आउँदै गरेको अमेरिकी सेनाको ब्ल्याकहक हेलिकप्टर विमानसँग ठोकियो। यसपछि दुवै पोटोम्याक नदीमा खसे। विमानसँग ठोकिएको हेलिकप्टर सिरोस्की एच-६० थियो।

रिपोर्टअनुसार विमान सानो यात्रुवाहक विमान थियो, जसमा ६५ जना बस्न सक्ने क्षमता थियो। दुर्घटनाका बेला विमानमा चालक दलका सदस्यसहित ६४ जना रहेको बताइएको छ। विमान कान्सासबाट वासिङ्टन आउँदै थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का