१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा विमान दुर्घटना: नदीबाट निकालियो ५० जनाको शव, १७ जना अझै बेपत्ता

१८ माघ २०८१, शुक्रबार ०९:२०

एजेन्सी | अमेरिकाको वासिङ्टनमा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको जनाएका छन्। १७ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।

बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा विमान र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन्।

अमेरिकन इगल फ्लाइट ५३४२ विमान विमानस्थलमा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको थियो। पछाडिबाट आउँदै गरेको अमेरिकी सेनाको ब्ल्याकहक हेलिकप्टर विमानसँग ठोकियो। यसपछि दुवै पोटोम्याक नदीमा खसे। विमानसँग ठोकिएको हेलिकप्टर सिरोस्की एच-६० थियो।

रिपोर्टअनुसार विमान सानो यात्रुवाहक विमान थियो, जसमा ६५ जना बस्न सक्ने क्षमता थियो। दुर्घटनाका बेला विमानमा चालक दलका सदस्यसहित ६४ जना रहेको बताइएको छ। विमान कान्सासबाट वासिङ्टन आउँदै थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’