१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोको अर्को रेकर्ड : बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर

१८ माघ २०८१, शुक्रबार १२:१५

काठमाडौँ | साउदी प्रो लिगको अल नासार स्टार क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को रेकर्ड बनाएका छन् । आफ्नो क्लब फुटबल करिअरमा यी पोर्चुगिज स्टारले ७०० जितको कीर्तिमान बनाउन सफल बनेका हुन् । गए राति भएको खेलमा अल–राइडलाई २–१ ले पराजित गरेपछि क्लब फुटबलमा रोनाल्डो ७०० खेल जित्ने पहिलो खेलाडी बने ।

३९ वर्षीय रोनान्डोले उक्त कीर्तिमान बनाउने क्रममा एक गोलको योगदान समेत दिएका थिए । उक्त उपाधि बनाउन उनले स्पोर्टिङबाट ३३ खेल, रियल म्याड्रीडबाट ३१६, म्यान्चेस्टर युनाइटेडबाट २१४ खेल, युभेन्टसबाट ९१ खेल र अल–नासारबाट ६६ खेलमा जित निकाले ।

आफ्नो फुटबल करिअरमा ९०० गोल गर्ने पनि उनी पहिलो खेलाडी बनेका थिए । अन्तर्राष्ट्रिय खेल पत्रिका मार्काको अनुसार रोनाल्डोको यो अविश्वसनीय यात्रा अझै जारी छ र यस्ता रेकर्ड थप बन्न सक्नेछ । रोनाल्डोले साउदी टोलीका लागि ९४ खेलमा ८५ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’