२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटक भिडियो ‘आपत्तिजनक’ भएको भन्दै बाबुद्वारा १३ वर्षीया छोरीको गोली हानी हत्या

२०८१, १८ माघ शुक्रबार १६:२८

काठमाडौँ | टिकटकमा भिडियो बनाएकै कारण एक पाकिस्तानी बुबाले १३ वर्षीया छोरीको गोली हानी हत्या गरेको खुलेको छ।

पाकिस्तानको क्वेटामा १३ वर्षीया छोरी हीरा अनवरलाई हत्या गरेको प्रहरले जनाएको छ। उनका बुबा अनवर उल हकले प्रहरीसामु छोरीको हत्या गरेको स्वीकारेका हुन्। यसअघि उनले अज्ञात व्यक्तिहरूले गोली हानी हत्या गरेको बयान दिएका थिए।

अनवरले टिकटकमा भिडियो सेयर गर्न नछोडेपछि आफ्नी १३ वर्षीया छोरीको इज्जतका लागि हत्या (अनर किलिङ) गरेको प्रहरीले जनाएको छ। उनको परिवार हालै मात्र लगभग २५ वर्ष अमेरिकामा बिताएर मुस्लिम बहुल पाकिस्तानको बलुचिस्तान प्रान्त फर्किएको थियो ।

प्रहरीका अनुसार, पाकिस्तान फर्किएपछि पनि छोरीले टिकटकमा भिडियो सेयर गर्न जारी राखेकी थिइन्। प्रहरीले बताएअनुसार, मुख्य आरोपीको भिनाजुलाई पनि हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ।

अनवरले छोरीले टिकटकमा पोस्ट गर्ने भिडियोहरूप्रति आपत्ति जनाउँदै आएका थिए। अमेरिकी नागरिकतासमेत रहेको उनले प्रहरी बयानमा भनेका छन्, ‘छोरीले टिकटकमा हालेका भिडियोहरू आपत्तिजनक थियो।’ अनवरले छोरीको पहिरन, जीवनशैली र सामाजिक जमघटमा आपत्ति जनाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार