१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटक भिडियो ‘आपत्तिजनक’ भएको भन्दै बाबुद्वारा १३ वर्षीया छोरीको गोली हानी हत्या

१८ माघ २०८१, शुक्रबार १६:२८

काठमाडौँ | टिकटकमा भिडियो बनाएकै कारण एक पाकिस्तानी बुबाले १३ वर्षीया छोरीको गोली हानी हत्या गरेको खुलेको छ।

पाकिस्तानको क्वेटामा १३ वर्षीया छोरी हीरा अनवरलाई हत्या गरेको प्रहरले जनाएको छ। उनका बुबा अनवर उल हकले प्रहरीसामु छोरीको हत्या गरेको स्वीकारेका हुन्। यसअघि उनले अज्ञात व्यक्तिहरूले गोली हानी हत्या गरेको बयान दिएका थिए।

अनवरले टिकटकमा भिडियो सेयर गर्न नछोडेपछि आफ्नी १३ वर्षीया छोरीको इज्जतका लागि हत्या (अनर किलिङ) गरेको प्रहरीले जनाएको छ। उनको परिवार हालै मात्र लगभग २५ वर्ष अमेरिकामा बिताएर मुस्लिम बहुल पाकिस्तानको बलुचिस्तान प्रान्त फर्किएको थियो ।

प्रहरीका अनुसार, पाकिस्तान फर्किएपछि पनि छोरीले टिकटकमा भिडियो सेयर गर्न जारी राखेकी थिइन्। प्रहरीले बताएअनुसार, मुख्य आरोपीको भिनाजुलाई पनि हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ।

अनवरले छोरीले टिकटकमा पोस्ट गर्ने भिडियोहरूप्रति आपत्ति जनाउँदै आएका थिए। अमेरिकी नागरिकतासमेत रहेको उनले प्रहरी बयानमा भनेका छन्, ‘छोरीले टिकटकमा हालेका भिडियोहरू आपत्तिजनक थियो।’ अनवरले छोरीको पहिरन, जीवनशैली र सामाजिक जमघटमा आपत्ति जनाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’