१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आजबाट क्यानडा-मेक्सिको र चीनमाथि कर लगाउने राष्ट्रपति ट्रम्पको निर्णय

१९ माघ २०८१, शनिबार १३:३७

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अर्थात् फेब्रुअरी १ ​​बाट क्यानडा, मेक्सिको र चीनमाथि कर लगाउने जनाएका छन्।

शुक्रबार ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले डोनाल्ड ट्रम्पले शनिबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर लगाउने जनाएकी थिइन्।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाले कर बढाए आफू पनि कारवाहीमा उत्रले बताएका थिए। मिडिया रिपोर्टहरूका अनुसार क्यानडाले प्रतिशोधात्मक उपायको रूपमा ट्रम्पको गृह राज्य फ्लोरिडाबाट आउने सुन्तलाको जुसमा शुल्क लगाउन सक्छ।

त्यस्तै मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले परिस्थितिको मूल्याङ्कन गरेपछि मात्र थप निर्णय लिने बताइन्। यद्यपि उनले मेक्सिकोले पनि बदला लिन सक्ने चेतावनी दिएकी छन्। शिनबाउमले आफ्नो जनताको सम्मानको लागि कुनै पनि दबाब बिना वार्ता गर्न सधैं तयार रहने जनाएकी छन्।

ट्रम्पले बिहीबार क्यानडा र मेक्सिकोमा २५% कर लगाउने जनाएका थिए। यी देशहरूसँग अमेरिकाको आर्थिक कारोबारमा घाटा धेरै उच्च रहेको उनले उल्लेख गरेका छन्।

मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्। यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’