२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने

२०८१, २१ माघ सोमबार १४:२४

काठमाडौं । क्यानडा र मेक्सिकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । दुई राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क (कर) लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो ।

करका विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबमबीच आइतबार फोन संवाद पनि भइसकेको छ । उनीहरुले आफ्ना देशविरुद्ध लगाइएको करको जवाफ पनि करकै माध्यमबाट दिने चेतावनी दिएका छन् ।
साथै उनीहरुले साझा सरोकारमा मिलेर काम गर्न र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सहमति पनि जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाका केही आयात र सबै मेक्सिकन आयातहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक दिनपछि दुई नेताबीच फोन वार्ता भएको हो ।

त्यसलगत्तै मंगलबारसम्ममा ३० अर्ब क्यानाडियन डलर (२१ बिलियन अमेरिकी डलर) मूल्यको अमेरिकी सामानमा २५ प्रतिशत शुल्क लगाउनेछ घोषणा गरि सकेका छन् । त्यसको २१ दिनपछि अर्को घोषणा गर्ने उनले जनाएका छन् ।
क्यानाडाले एक हजार बढी सामानहरुमा २५ प्रतिशत कर लगाउनेबारे सूची पनि सार्वजनिक गरिसकेको छ ।

मंगलबारदेखि लागू हुने, पेय पदार्थ, सौन्दर्य प्रसाधन र कागज उत्पादनहरू सहित ३० बिलियन क्यानेडियन डलर बराबर मूल्यका अमेरिकी सामानहरूमा त्यस्तो कर लगाइने छ । दोस्रो चरणमा अर्को सूची घोषणा गर्ने क्यानाडाको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार