१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने

२१ माघ २०८१, सोमबार १४:२४

काठमाडौं । क्यानडा र मेक्सिकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । दुई राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क (कर) लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो ।

करका विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबमबीच आइतबार फोन संवाद पनि भइसकेको छ । उनीहरुले आफ्ना देशविरुद्ध लगाइएको करको जवाफ पनि करकै माध्यमबाट दिने चेतावनी दिएका छन् ।
साथै उनीहरुले साझा सरोकारमा मिलेर काम गर्न र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सहमति पनि जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाका केही आयात र सबै मेक्सिकन आयातहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक दिनपछि दुई नेताबीच फोन वार्ता भएको हो ।

त्यसलगत्तै मंगलबारसम्ममा ३० अर्ब क्यानाडियन डलर (२१ बिलियन अमेरिकी डलर) मूल्यको अमेरिकी सामानमा २५ प्रतिशत शुल्क लगाउनेछ घोषणा गरि सकेका छन् । त्यसको २१ दिनपछि अर्को घोषणा गर्ने उनले जनाएका छन् ।
क्यानाडाले एक हजार बढी सामानहरुमा २५ प्रतिशत कर लगाउनेबारे सूची पनि सार्वजनिक गरिसकेको छ ।

मंगलबारदेखि लागू हुने, पेय पदार्थ, सौन्दर्य प्रसाधन र कागज उत्पादनहरू सहित ३० बिलियन क्यानेडियन डलर बराबर मूल्यका अमेरिकी सामानहरूमा त्यस्तो कर लगाइने छ । दोस्रो चरणमा अर्को सूची घोषणा गर्ने क्यानाडाको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’