१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँदरले सेल्फी खिचेको तस्बिरको क्रेडिट कसलाई ?

२२ माघ २०८१, मंगलवार १२:०१

एजेन्सी | ‘मङ्की सेल्फी’ मुद्दा अब सकिएको छ । यस मुद्दामा फोटो ग्राफर डेभिड स्लेटरलाई कपीराइट कानुनअनुसार अदालतमा पेस गरिएको थियो किनभने उनको क्यामराबाट एउटा बाँदर आफँैले आफ्नो तस्बिर खिचेको थियो । तर पछि यो तस्बिरलाई धेरै ठाउँमा स्लेटरको नाम लेखिएपछि पशुअधिकारका लागि काम गर्ने संस्थाहरुले यसको विरोध गरेका थिए ।

वकिलहरुले यो मंकी सेल्फीको कपीराइटको विषयलाई लिएर मिलापत्र हुने जानकारी दिए । पशुअधिकारीको संस्थाका वकिलका अनुसार यो सम्झौतापछि अब फोटोग्राफरले भविष्यमा यो फोटोबाट हुने कमाइको २५ प्रतिशत इण्डोनेसियामा पाइने दुर्लभ प्रजातिको बाँदरको सुरक्षाका लागि दान दिनुपर्नेछ ।

यद्यपि फोटोग्राफरका वकिलले भने केही प्रतिक्रिया दिएका छैनन् । अहिलेसम्म यो फोटोबाट कति कमाइ भयो भन्ने पनि उनले बताएका छैनन् । पशुअधिकारको लागि काम गर्ने संस्था पेटाले २०१५ मा स्लेटरमाथि मुद्दा दायर गरेका थिए । संस्थाको जिकीर थियो कि यो तस्बिर बाँदर आफैँले लिएको हो । त्यसैकारण यो फोटोबाट मिल्ने कमाइमा पनि बाँदरकै हक हुन्छ भनेर मुद्दा हालिएको थियो ।

खासमा भन्नुपर्दा यो तस्बिर सन् २०११ को हो । जब वाइल्डलाइफ फोटोग्राफर डेभिड स्लेटर इन्डोनेसियाको एउटा राष्ट्रिय निकुञ्जमा दुर्लभ जनावरहरुको तस्बिर लिन प्रयास गर्दै थिए, त्यसै बेला बाँदरले क्यामराको बटन दबाउन थाल्यो र धेरै तस्बिरहरु खिचिनपुगे । यो तस्बिरले त्यतिबेला मान्छेको ध्यान तान्यो जतिबेला स्लेटरले आफ्नो मञ्जरीविनै विकिपेडियाले तस्बिर राखेको आरोप लगाए ।

यसपछि विकिपेडियाले यो तस्बिरमा स्लेटरको भन्दा पनि बाँदरकै हक लाग्ने दाबी गरिदियो । त्यसपछि पिपल्स फर द एथनिकल ट्रिटमेन्ट अफ एनिमल्स भन्ने संस्थाले स्लेटरविरुद्ध अदालतमा मुद्दा हालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’