२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदहरूलाई यूएसएडको मुख्यालयमा प्रवेश गर्न दिइएन

२०८१, २२ माघ मंगलवार १३:५६

वासिङ्टन डिसी । अमेरिकामा कंग्रेसका डेमोक्रेट संसदहरूलाई अमेरिकी विदेश नियोग ‘यूएसएड’को मुख्यालयमा प्रवेश गर्नबाट रोक लगाइएको छ । संघीय सुरक्षा अधिकारीहरूले ढोकाहरू बन्द गरेर सोमबार सांसदहरूलाई एजेन्सीको सार्वजनिक लबीमा समेत जान नदिएका हुन् ।

खर्बपति व्यापारी एलन मस्क र उनको ‘डज’ टास्क फोर्सका सदस्यहरूलाई आधिकारिक सरकारी एजेन्सीको रूपमा काम नगरी आन्तरिक सरकारी प्रणालीहरूमा पहुँच प्राप्त गर्न खोजेको डेमोक्रेट सांसदहरूले आरोप लगाएपछि यो कदम चालिएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेपछि मस्कले यूएसएडलाई बन्द गर्न आदेश दिएका थिए । यसैबिच नियोगका कर्मचारीहरूलाई वासिङ्टन मुख्यालय छोड्न आदेश दिइएको थियो भने अधिकारीहरूले एजेन्सीको लबीलाई पुलिस टेपले सिल गरेका थिए ।

नियोगका ६०० भन्दा बढी कर्मचारीहरूलाई रातारात सिस्टमबाट बाहिर निकालिएको नियोगका कर्मचारीले बताएका छन् । प्रणालीमा रहेकाहरूलाई पनि एउटा इमेल पठाएर सोमबार नियोगको मुख्यालय बन्द हुने जानकारी गराइएको थियो ।

शनिवार अग्रिम स्पष्टीकरण बिनै यूएसएडको वेबसाइट ब्लक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार