१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदहरूलाई यूएसएडको मुख्यालयमा प्रवेश गर्न दिइएन

२२ माघ २०८१, मंगलवार १३:५६

वासिङ्टन डिसी । अमेरिकामा कंग्रेसका डेमोक्रेट संसदहरूलाई अमेरिकी विदेश नियोग ‘यूएसएड’को मुख्यालयमा प्रवेश गर्नबाट रोक लगाइएको छ । संघीय सुरक्षा अधिकारीहरूले ढोकाहरू बन्द गरेर सोमबार सांसदहरूलाई एजेन्सीको सार्वजनिक लबीमा समेत जान नदिएका हुन् ।

खर्बपति व्यापारी एलन मस्क र उनको ‘डज’ टास्क फोर्सका सदस्यहरूलाई आधिकारिक सरकारी एजेन्सीको रूपमा काम नगरी आन्तरिक सरकारी प्रणालीहरूमा पहुँच प्राप्त गर्न खोजेको डेमोक्रेट सांसदहरूले आरोप लगाएपछि यो कदम चालिएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेपछि मस्कले यूएसएडलाई बन्द गर्न आदेश दिएका थिए । यसैबिच नियोगका कर्मचारीहरूलाई वासिङ्टन मुख्यालय छोड्न आदेश दिइएको थियो भने अधिकारीहरूले एजेन्सीको लबीलाई पुलिस टेपले सिल गरेका थिए ।

नियोगका ६०० भन्दा बढी कर्मचारीहरूलाई रातारात सिस्टमबाट बाहिर निकालिएको नियोगका कर्मचारीले बताएका छन् । प्रणालीमा रहेकाहरूलाई पनि एउटा इमेल पठाएर सोमबार नियोगको मुख्यालय बन्द हुने जानकारी गराइएको थियो ।

शनिवार अग्रिम स्पष्टीकरण बिनै यूएसएडको वेबसाइट ब्लक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’