२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रूपमा अमेरिका बस्दै आएका एक सयभन्दा बढी भारतीय आप्रवासी डिपोर्ट

२०८१, २३ माघ बुधबार १७:१४

काठमाडौँ | अवैध रूपमा अमेरिका बस्दै आएका एक सयभन्दा बढी भारतीय आप्रवासी डिपोर्ट भएका छन्।

१०४ जना भारतीय नागरिक बोकेको अमेरिकाको सैन्य जहाज बुधबार अमृतसरमा अवतरण गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

डिपोर्ट भएका ३० जना पन्जाबका स्थानीय हुन्। ३३-३३ जना हरियाणा र गुजरात, तीन-तीन जना महाराष्ट्र र उत्तर प्रदेश र दुई जना चण्डिगढका हुन्।

यसअघि २०५ जना अवैध भारतीय आप्रवासी डिपोर्ट गर्ने भनिएको थियो। सैन्य जहाज स्थानीय समयअनुसार दिउँसो १:५५ मा अवतरण भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेपछि अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने भनेका थिए। उनले चुनावी अभियानमै आप्रवासीहरूलाई फिर्ता पठाउने घोषणा गरेका थिए। भारतसँगै ग्वातेमाला, पेरू र होण्डुरसका आप्रवासीलाई पनि फिर्ता पठाइसकिएको छ।

यसो त अमेरिकाले आप्रवासीलाई फिर्ता पठाइरहँदा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीलाई भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले निम्तो दिएका छन्। मोदी अर्को साता अमेरिका जाने तयारी छ।

ट्रम्पले कार्यभार सम्हालेपछि मोदीले उनलाई खुसी पार्न करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन तयार भएको देखिएको हो। त्यस्तै अमेरिकी वस्तुमा लगाएको भन्सार दर घटाउने र अमेरिकी उत्पादनको आयात बढाउनेबारे पनि मोदीले सोच्न थालेका थिए। ट्रम्प र मोदीबीच जनवरी २७ मा टेलिफोन कुराकानी भएको थियो। उनीहरूबीच आप्रवासी र सुरक्षाका सामान खरिदको विषयमा कुराकानी भएको बताइएको थियो।

पहिलो कार्यकालमा पनि मोदी र ट्रम्पको राम्रो सम्बन्ध थियो। ट्रम्पले सन‍् २०२० मा भारत भ्रमण गरेका बेला मोदीले आफ्नो गृहराज्य गुजरातको राजधानी अहमदाबादमा उनकै नाममा बनाएको विशाल क्रिकेट स्टेडियमको उद्घाटन गराएर एक लाख जनतामाझ स्वागत गरेका थिए।

बाइडेनको पालामा पनि भारत-अमेरिका सम्बन्ध सुधार हुँदै गएको थियो। तर बाइडेनको कार्यकालको अन्त्त्यतिर अमेरिकामा भारतीय उद्योगपति गौतम अदानी र एक रअ एजेन्टविरूद्ध मुद्दा चलेपछि सम्बन्ध केही असहज भएको थियो।

गत नोभेम्बरमा मोदी-निकट अदानीले घुस खुवाएर ठेक्का जिती अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको थियो। त्यसको एक महिनाअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारीले आफ्ना नागरिकको हत्या प्रयास गरेको आरोप लगाउँदै अर्को मुद्दा चलाएको थियो।

ट्रम्पलाई गैर-न्यायिक हत्या, विधिको शासन, लोकतन्त्र, मानव अधिकार जस्ता विषयमा खासै चासो नभएकाले उनको सरकारले यी मुद्दालाई बाइडेन सरकारले जसरी अघि नबढाउने मोदीको आशा छ। तर भारतसँगको बढ्दो व्यापार घाटाका कारण उनी रिसाएर सम्बन्ध बिग्रेला भनेर मोदी सचेत देखिन्छन्।

त्यसैका लागि अमेरिकामा रहेका करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन पनि उनी तयार भएको देखिन्छन्।

अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले वैध तरिकाबाट अझ धैरै भारतीयलाई विद्यार्थी र उच्च दक्षता भएका कामदारको भिसा दिन भारतको विश्वास छ।

अहिले नै उच्च दक्षता भएका कामदारलाई दिइने एच-१बी भिसा पाउनेमा सबैभन्दा धेरै भारतीय नागरिक पर्छन्। सन् २०२३ अमेरिकाले तीन लाख ८६ हजार विदेशीलाई एच-१बी भिसा दिएकोमा झण्डै ७५ प्रतिशत भारतीय थिए। अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले अझ धेरै भारतीयलाई एच-१बी भिसा देला भन्ने भारतको आशा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार