१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हसिनाका आफन्त र नेताका घरमा तोडफोड, भनिन्- तिनीहरूले भवन भत्काउन सक्छन् तर इतिहास मेटाउन सक्दैनन्

२४ माघ २०८१, बिहीबार १२:५२

एजेन्सी | बंगलादेशमा एकपटक फेरि हिंसा भड्किएको छ। बुधबार राति पूर्व प्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी-३२ मा रहेको उनका बुबा शेख मुजीबुर रहमानको घरमा आगजनी गरेका छन् । उनीहरूले घरसमेत भत्काइदिएको बीबीसी बंगलाले जनाएको छ ।

बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेको समाचारमा उल्लेख छ ।

‘द डेली स्टार’ले शेख हसिनाको ‘बंगलादेश विरोधी गतिविधि’का कारण यो विरोध प्रदर्शन भएको हो । विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको बताउँछन् ।
गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनको हिंसात्मक प्रदर्शनपछि हसिनाले देश छोड्नुपरेको थियो । हाल उनी भारतमा बस्दै आएकी छन् ।

हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो । जसमा शेख हसिनाले फेसबुकमार्फत बोल्ने कार्यक्रम थियो । कार्यक्रमको खबर फैलिनेवित्तिकै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका हुन् ।

‘द डेली स्टार’ ले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्रलाई बिगारेका छन्।

पत्रिकाका अनुसार राति भवनमा आगो लागेको थियो । अनि मध्यरात हुनुभन्दा केही समयअगाडि एउटा क्रेन र एउटा उत्खनन यन्त्र त्यहाँ आइपुगेका थिए । यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइएको थियो।

एक प्रदर्शनकारीले बीबीसीलाई बताएअनुसार उनीहरू संग्रहालयमा परिणत भएको घरलाई जलाउन चाहन्छन् किनभने यो ‘फासीवाद’ को प्रतीक बनेको छ ।

शेख मुजिबुरहमानलाई बंगलादेशको संस्थापक भनिन्छ । १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेशको स्थापना भएको थियो ।

धनमण्डी-३२ जलाउनुका साथै देशका विभिन्न भागमा शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घर पनि भत्काइएको छ।

प्रदर्शनकारीहरूले खुलनामा शेख हसिनाका आफन्त र अवामी लिग नेता शेख हिलालुद्दीन र शेख ज्वेलको घर पनि भत्काएका छन् ।

कुस्तियामा पूर्व सांसद तथा अवामी लिगका सहमहासचिव महबुब आलम हनिफ र कुस्तियामा अवामी लिगका अध्यक्ष सदर खानको घर पनि भत्काइएको छ।

शेख हसिनाले घर जलाएको घटनाप्रति कडा प्रतिक्रिया दिएकी छिन्। प्रदर्शनकारीहरूको कार्यलाई उल्लेख गर्दै उनले भनेकी छन्, ‘उनीहरूसँग केही बुलडोजरले देशको स्वतन्त्रतालाई ध्वस्त पार्ने शक्ति छैन । तिनीहरूले भवन भत्काउन सक्छन् तर इतिहास मेटाउन सक्दैनन् ।’ उनको भाषण बंगलादेश अवामी लिगको फेसबुक पेजमार्फत् प्रसारण गरिएको थियो ।

अवामी लिगको फेसबुक पेजमा भनिएको थियो कि शेख हसिनाले बुधबार राति ९ बजे प्रत्यक्ष कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्नेछिन् । बुधबार शेख हसिनाको सरकार पतन भएको छ महिना भएको छ ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा एक टेलिभिजन प्रसारणमा शेख हसिनालाई बंगलादेश ल्याउन चाहेको बताएका थिए। उनले भनेका थिए कि शेख हसिना र अन्यलाई मुद्दा चलाउनेछ।

गत वर्ष अगस्ट ५ देखि भारतमा बस्दै आएकी शेख हसिनाको सुपुर्दगीको लागि बंगलादेशले निरन्तर दबाब दिइरहेको छ । अन्तरिम सरकारले उनलाई भारतबाट देश निकालाको माग गरेको छ। तर भारतले यसबारे कुनै स्पष्ट जवाफ दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’