१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बलिउड अभिनेता सोनु सूदविरूद्ध पक्राउ पुर्जी जारी

२५ माघ २०८१, शुक्रबार १३:१९

मुम्बई । भारतको पञ्जाबस्थित एक अदालतले बलिउड अभिनेता सोनु सूदविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनलाई १० लाख रुपैयाँ ठगीसम्बन्धी मुद्दामा बयान दिन बोलाइएको थियो । तर कयौँ पटक बोलाए पनि अभिनेता साक्षी दिन आएनन् ।

त्यसपछि पञ्जाबको एक अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अब यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी १० मा हुनेछ ।

पञ्जाबको लुधियानाका न्यायिक मजिस्ट्रेट रमनप्रीत कौरले बलिउड अभिनेता सूदविरुद्ध पक्राउ वारेन्ट जारी गरेका हुन् । लुधियानाका वकिल राजेश खन्नाले मोहित शुक्लाविरुद्ध १० लाख रुपैयाँको ठगीको मुद्दा दायर गरेका छन् ।

आफ्नो उजुरीमा वकिल राजेश खन्नाले आफूलाई नक्कली रिजिका सिक्कामा लगानी गर्न प्रलोभनमा पारेको आरोप लगाएका छन् । यसबाहेक उनले आफ्नो उजुरीमा अन्य धेरै गम्भीर आरोप लगाएका छन् ।

सो उजुरी अन्तर्गत सोनु सूदलाई बयानका लागि अदालतमा बोलाइएको थियो । तर बारम्बार आदेश जारी हुँदा पनि सोनु सूद बयान दिन अदालतमा उपस्थित भएनन् । उनी अनुपस्थित भएका कारण अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यो वारेन्ट ओशिवारा पुलिस स्टेशन, अंधेरी वेस्ट, मुम्बईमा पठाइएको छ, जसमा उनीहरूलाई अभिनेतालाई पक्राउ गरी अदालतमा पेश गर्न निर्देशन दिइएको छ।

आफ्नो उत्कृष्ट अभिनयको साथमा सोनु सूदले आफ्ना मानिसहरूलाई परोपकारी कार्यमार्फत धेरै मद्दत गरिरहेका छन् । विशेष गरी कोभिडको समयमा, जुन मानिसहरूले आज पनि बिर्सेका छैनन्। सोनु सूदले ‘सुद च्यारिटी फाउन्डेसन’ पनि चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’