१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति

२५ माघ २०८१, शुक्रबार १५:१६

काठमाडौँ | आफ्नो गीतले पूरै विश्वलाई पागल बनाएका चर्चित गायक जस्टिन बिबरको व्यक्तिगत जीवनमा सबै कुरा ठीक छैन । केही मिडिया पोर्टलहरूले दाबी गरेका छन् कि जस्टिनले आफ्नी पत्नी हेली बाल्डविनसँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन् । वास्तवमा दुवैले ७ वर्षअघि अर्थात् २०१८ मा विवाह गरेका थिए ।

६ महिनाअघि मात्रै हेलीले छोरा ज्याक ब्लुज बिबरलाई जन्म दिएकी थिइन् र अहिले छोराको जन्म भएको केही महिनापछि नै उनीहरुको सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि, जस्टिन वा हेलीबाट यसबारे कुनै पुष्टि भएको छैन।

जानकारीका अनुसार हेलीसँग अलग हुनु जस्टिनका लागि निकै महँगो सावित हुन सक्छ । किनभने हेलीले उनीबाट ३०० मिलियन डलर भागमा लिन सक्ने जनाइएको छ ।

डिभोर्सको निर्णय हेलीले लिएको पनि रिपोर्टमा लेखिएको छ । किनभने उनी जस्टिनको बानीबाट निकै चिन्तित र हैरान छिन् । जस्टिनलाई ड्रग्सको बानी छ, उनले हेलीसँग बिहे गर्दा आफ्नी श्रीमतीलाई ड्रग्सबाट टाढा रहने आश्वासन दिएका थिए तर जस्टिनले आफ्नो वाचा तोडेका छन् । उनको यो बानीले हेलीलाई विचलित बनाइरहेको छ ।

हेलीले रक्सी खाएको जस्टिनको व्यवहार मन पराउँदैनन्। उनी आफ्नो सन्तानको भविष्यलाई लिएर चिन्तित छिन् । जस्टिनको बानीलाई ध्यानमा राख्दै हेलीले आफ्नो बच्चाको पूर्ण हेरचाहका लागि आवेदन दिन सक्छिन्। यही कारण उनीहरुको तर्फबाट ठूलो रकमको माग भइरहेको छ ।

हेली र जस्टिनले सन् २०१५ अर्थात् १० वर्षअघि एक अर्कालाई डेट गर्न थालेका थिए । त्यतिबेला जस्टिन २१ वर्ष र हेली १९ वर्षकी थिइन् । तर, सुरुमा यो सम्बन्ध लामो समय टिक्न सकेन । एक वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुको ब्रेकअप भएको थियो ।

तर केही वर्षपछि दुवैले एक अर्कालाई फेरि भेटे र दुवैले आफू एक अर्काका लागि बनेका हुन् भन्ने कुरामा विश्वस्त भए र त्यसपछि जस्टिन–हेलीले विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’