१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी

२९ माघ २०८१, मंगलवार १२:१४

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने निर्णयसँगै हमासलाई कडा चेतावनी दिएका छन्। ट्रम्पले शनिबार १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा नगरेको खण्डमा युद्धविराम सम्झौता रद्द गर्ने र युद्ध पुनः सुरु गर्ने कुरा बताएका छन्।

ट्रम्पले ओ‌भल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने, म भन्छु- यसलाई (सम्झौता) रद्द गर्नुहोस्।’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटा बन्द गरिनुपर्छ र विनाश सिर्जना गरिनुपर्छ…।’

तर ट्रम्पले शनिबार दिउँसोको १२ बजे हो वा रातको १२ बजे भनेका हुन्, स्पष्ट छैन। यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि थाहा छैन।

ट्रम्पले पटकपटक नगरी सबै बन्धक एकैचोटि रिहा गरिनुपर्ने पनि बताएका छन्। यस्तो भएन भने के हुन्छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हमासले थाहा पाउनेछ मेरो भनाइ अर्थ के हो!’

बीबीसीका अनुसार उनले ‘यो मेरो समयसीमा हो’ भने र आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु उल्लेख गरेनन्।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै अब बन्धक छाड्ने क्रम रोक्ने बताएको थियो। हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ।

युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १९०० कैदी रिहा गर्नुपर्ने सम्झौता छ। तर हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको भनाइ छ।

अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ। तर नेपाली विद्यार्थी विपिन जोशीको पालो अहिलेसम्म आएन। यसबीच इजरायलले भने ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’