२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन

२०८१, २९ माघ मंगलवार १४:५८

एजेन्सी | हमासका एक वरिष्ठ नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्न चेतावनी दिएपछि गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’ बताएका छन् ।

‘ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ, जसलाई दुवै पक्षले सम्मान गर्नुपर्दछ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो’, हमासका प्रवक्ता सामी अबु जुहरीले भनेका छन्, ‘धम्कीको भाषाको कुनै मूल्य छैन । यसले मामिलालाई थप जटिल बनाउँछ ।’

१९ जनवरीदेखि लागू गरिएको युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँलाई धेरै हदसम्म रोकेको थियो । इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको सट्टामा पाँच समूहका इजरायली बन्धकको मुक्त भएका थिए । तर, गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै ट्रम्पले सोमबार थप दबाब दिएका थिए । ‘मेरो विचारमा यदि सबै बन्धक शनिबार १२ बजेसम्म । मलाई लाग्छ यो उपयुक्त समय हो । फिर्ता गरिएनन् भने म भन्छु यसलाई रद्द गर्नुपर्छ र सबै सर्तहरू समाप्त हुन्छन् र नरक मच्चिन दिनुपर्छ’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने ।

युद्धविराम सम्झौताअनुसार सम्झौताको चालू ४२ दिनको पहिलो चरणमा चरणबद्धरूपमा रिहाइ हुनुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार