१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पका ६ निर्णय जसमा लगायो अदलातले ब्रेक

३० माघ २०८१, बुधबार १५:०४

एजेन्सी | जनवरी २० मा ह्वाइट हाउस फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना नीतिहरू तीव्र गतिमा अघि बढाइरहेका छन्। पदबहालीको पहिलो दिनमै उनले ७८ कार्यकारी आदेशमार्फत पूर्व राष्ट्रपति जो बाइडेनका निर्णयहरू उल्टाए।

यसबेलादेखि उनले विभिन्न नीति कार्यान्वयन गर्न थुप्रै आदेश जारी गरिसकेका छन्, जसले कार्यकारी शाखाको संरचनासँगै सरकारका अन्य विभागहरूमा पनि प्रभाव पार्ने देखिएको छ। यी आदेशहरूमध्ये केहीलाई अदालतमा चुनौती दिइएको छ, जसले ट्रम्प प्रशासनलाई थप विवादमा तानेको छ।

अमेरिकी न्याय प्रणालीले ट्रम्प प्रशासनको आदेशलाई रोकेका ६ मुद्दा यस्ता छन् –

१. जन्मसिद्ध नागरिकताको अन्त्य
ट्रम्पको प्रमुख एजेन्डामध्ये एक अवैध आप्रवासन रोक्नु थियो। दोस्रो कार्यकाल सुरु भएलगत्तै उनले कागजातविहीन आप्रवासीहरूका बच्चालाई अमेरिकी नागरिकता नदिने आदेश जारी गरे।

तर, अमेरिकी संविधानको १४औं संशोधनले जन्मसिद्ध नागरिकताको ग्यारेन्टी दिने भएकाले यसलाई अदालतमा चुनौती दिइयो। जनवरी २३ मा सिएटलको एक संघीय अदालतले आदेशलाई असंवैधानिक ठहर गर्दै रोक लगायो।

२. सरकारी कर्मचारी कटौती योजना
जनवरी अन्त्यतिर प्रशासनले २० लाखभन्दा बढी सरकारी कर्मचारीलाई आठ महिनाको तलब दिएर स्वैच्छिक राजीनामा दिन आग्रह गर्‍यो। प्रस्ताव अस्वीकार गर्नेका लागि जागिरको कुनै ग्यारेन्टी नहुने चेतावनी दिइएको थियो।

तर, चारवटा सार्वजनिक क्षेत्रका युनियन र २० जना डेमोक्र्याट वकिलले यो आदेशलाई अदालतमा चुनौती दिए। फेब्रुअरी ६ मा संघीय अदालतले आदेश कार्यान्वयनमा रोक लगायो।

३. USAID (अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग) को खारेजी
ट्रम्प प्रशासनले USAID अन्तर्गतका सबै सहायता कार्यक्रम रोक्दै हजारौं कर्मचारीलाई जागिरबाट निलम्बन गर्‍यो। फेब्रुअरी ७ मा संघीय अदालतले यो निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दियो।

४. संघीय सहायता रोक्का
संघीय बजेटबाट दिइने अनुदान र ऋण अस्थायी रूपमा रोक्ने आदेश ट्रम्प प्रशासनले जारी गरेपछि स्वास्थ्य, शिक्षा, अनुसन्धानलगायत क्षेत्र प्रभावित भए। न्यायाधीश लरेन अली खानले जनवरी २८ मा आदेशमा अस्थायी रोक लगाइन्।

५. दुई लिङ्ग मात्र आधिकारिक मान्यता
ट्रम्पले जन्मको आधारमा लिङ्ग पहिचान सीमित गर्ने आदेश जारी गरे। यसले ट्रान्सजेन्डर व्यक्तिहरूको अधिकार कटौती गर्‍यो। फेब्रुअरी ५ मा संघीय अदालतले ट्रान्सजेन्डर व्यक्तिहरूको सुरक्षाका लागि आदेशमा अस्थायी रोक लगायो।

६. इलोन मस्कको सरकारी पहुँचमा रोक
सरकारी दक्षता विभागका प्रमुख इलोन मस्कलाई संघीय कोष र सरकारी जानकारी पहुँचको अनुमति दिइएको थियो। तर, १९ राज्यका महान्यायाधिवक्ताले यो निर्णयविरुद्ध उजुरी गरेपछि फेब्रुअरी ८ मा संघीय अदालतले मस्कको पहुँचमा रोक लगायो।

ट्रम्प प्रशासनका यी आदेशहरूलाई अदालतले लगातार रोक लगाएपछि उपराष्ट्रपति जेडी भान्सले न्यायपालिकाले कार्यकारी शक्तिमा हस्तक्षेप गरिरहेको आरोप लगाए। इलोन मस्कले न्यायाधीशहरूको आजीवन पद बहालीको व्यवस्था आलोचना गर्दै “अब पुग्यो” भनी प्रतिक्रिया दिएका छन्।

ट्रम्पले स्वयं ओभल अफिसमा बोल्दै न्यायाधीशहरूका निर्णयमाथि असन्तुष्टि जनाउँदै उनीहरूमाथि अनुसन्धान आवश्यक रहेको बताएका छन्।

अदालतको रोकपछि ट्रम्प प्रशासन अब नयाँ रणनीतिमा केन्द्रित हुन लागेको छ। कानुनी चुनौतीका बाबजुद, ट्रम्पले आफ्ना चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’