१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते

३ फाल्गुन २०८१, शनिबार १२:०४

एजेन्सी । उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ | भने दुर्घटनामा १९ जना भक्तजन घाइते भएका छन् ।

दुर्घटना शनिबार राति करिब २ बजे प्रयागराज-मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार महाकुम्भ मेलामा स्नान गर्न गइरहेका बोलेरो र संगममा स्नान गरेर वाराणसी फर्किरहेका बस एकअपसमा ठोक्किँदा दुर्घटना भएको जनाए |

मृत्यु हुने सबै श्रद्धालुहरू बोलेरोको यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । यी मानिसहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् ।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ।

स्थानीय र बटुवाहरूले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ। घटनाको कारणको बारेमा अनुसन्धान सुरु गरिएको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’