१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्याम्पियन्स ट्रफीको अघिल्लो दिन पाकिस्तानमा हमलाः ४ सैनिकको मृत्यु

६ फाल्गुन २०८१, मंगलवार १७:१०

काठमाडौँ | च्याम्पियन्स ट्रफीको एक दिनअघि पाकिस्तानमा ठूलो आतंकवादी हमला भएको छ। अज्ञात बन्दुकधारीहरूले अर्धसैनिक बललाई निशाना बनाएका हुन्। यस आक्रमणमा चार सैनिकको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

आतंकवादीहरूले पाकिस्तानको हिंसा प्रभावित जिल्ला कुर्रममा यो हमला गरेका हुन्। गत वर्ष कुर्रममा शिया र सुन्नी समुदायबीच हिंसा भड्किएको थियो । अफगानिस्तानको सीमा नजिक रहेको यस जिल्लामा हिंसाको लामो इतिहास छ।

आतंककारीहरूले सोमबार राति तल्लो कुर्रमको ओचिट क्षेत्रमा अर्धसैनिक बल कुर्रम मिलिसिया टोलीलाई आक्रमण गरेका सुरक्षा अधिकारीहरूले बताएका छन्। अघिल्लो दिन अत्यावश्यक वस्तु बोकेको काफिलामा पनि आक्रमण भएको थियो ।

घाइतेहरूलाई तत्काल अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् । जहाँ एक घाइतेको अवस्था चिन्ताजनक छ ।

साम्प्रदायिक हिंसा प्रभावित कुर्रम जिल्ला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्छ।

अधिकारीका अनुसार उक्त काफिले जमिनबाट कुर्रम जाँदै थियो । बाटोमा कैयौं स्थानमा गाडीलाई निशाना बनाइएको थियो । काफिलामा जम्मा ६४ सवारीसाधन सामेल थिए । अधिकारीहरूले सावधानीका रूपमा सम्पूर्ण काफिलालाई हांगुतर्फ फर्काउन आदेश दिएका थिए।

कुर्रममा विगत केही वर्षदेखि जातीय र साम्प्रदायिक हिंसा भइरहेको छ। नोभेम्बर २०२३ मा यहाँ गम्भीर हिंसा भड्किएको थियो। जहाँ प्रहरीका दुई वटा गाडीलाई निशाना बनाइएको थियो । उक्त हिंसामा ४० जनाको ज्यान गएको थियो ।

त्यसयता यहाँ विभिन्न घटनामा १५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । गत वर्ष नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म कुर्रममा भएको साम्प्रदायिक झडपमा १ सय ३३ जनाको मृत्यु भएको थियो । हिंसाका बीच जनवरी ४ मा सुन्नी र शियाबीच युद्धविरामको सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’