१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुस-युक्रेनयुद्ध युक्रेनकै कारण भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप

७ फाल्गुन २०८१, बुधबार १४:१०

एजेन्सी | साउदी अरेबियामा रुस र अमेरिका बीचको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनकै कारण यो युद्ध भएको आरोप लगाएका छन्।

साउदी अरेबियाको वार्तामा युक्रेनको आफ्नो उपस्थिति चाहेपछि राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन्।

फ्लोरिडाको मार आ लागो रिसोर्टमा बोल्दै ट्रम्पले रुससँगको युद्धका कारण विना निर्वाचन सत्तामा जेलेन्सकी रही रहेको बताएका छन्।उनले फेब्रुअरीको अन्त्यमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गर्न सक्ने समेत बताएका छन्।

यता रुसका विदेश मन्त्रीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सेना पठाउने कुरालाई अस्वीकार गर्ने बताएका छन्। साउदी अरेबियामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटको क्रममा विदेश मन्त्री सर्जी लेबरेभले सो कुरा बताएका हुन्।

रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ताका आधार तयार गर्ने सहमति भने भएको छ। सोही क्रममा लेबरेभले कुनै पनि किसिमको र कुनै पनि झन्डा मुनिका सेनालाई शान्तिको स्थापनाको नाममा स्वीकार गर्न नसकिने बताएका हुन्।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलन्सकीले आफ्नो अनुपस्थितिमा यो वार्ता हुनुलाई आश्चर्य रुपा हेरेका छन्। ट्रम्पले शान्ति स्थापनाका लागि नेटोले सेना पठाउने कुरालाई भने सकारात्मक रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’