१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल

९ फाल्गुन २०८१, शुक्रबार १६:२५

काठमाडौँ | इजरायलले बिहीबार गाजाबाट फिर्ता गरिएका ४ बन्धकका शवमध्ये एउटा हमासले बताएअनुसार शिरी बिबासको नभएको शुक्रबार बताएको छ। बिहीबार हमासले गाजामा बन्धक बनाएर राखिएका ४ जनाको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको थियो।

त्यसमा तीन शव शिरी बिबास र उनका दुई छोराको भनिएको थियो। तर दुई अवशेष शिरीका छोराहरू एरियल र कफिरको भएको पुष्टि भए पनि अर्को शव उनीहरूका आमा शिरीको नभएको इजरायली सेनाले बताएको हो।

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन्, ‘अनुसन्धान प्रक्रियाका क्रममा हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।’

तर यस विषयमा हमासले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। ७ अक्टोबर २०२३ मा हमासले शिरी बिबासलाई उनका दुई छोरा एरियल र काफिरसँगै बन्धक बनाएको थियो।

बीबीसीका अनुसार बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन् भने एरियल ४ वर्ष र काफिर ९ महिनाका थिए। जनवरी १९ देखि युद्धविराम भएयता हमासले बिहीबार मृत बन्धकहरू फिर्ता गरेको यो पहिलोपटक हो।

यसअघि हमासले ६ खेप गरेर जीवित २४ बन्धक रिहा गरेको थियो। सट्टामा इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। तर हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई अझै रिहा गरिएको छैन। उनी जीवितै रहेको विश्वासमा सकुशल रिहाइका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’