१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले भने: ‘धेरै साहसी मानिस’

१६ फाल्गुन २०८१, शुक्रबार १२:३८

काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।

उनले जेलेन्स्कीका लागि ‘धेरै सम्मान’ भएको बताए। बीबीसीले उनलाई हालै जेलेन्स्कीलाई ‘तानाशाह’ भनेकामा माफी माग्नुहुन्छ कि भनेर सोधेको थियो। जवाफमा ट्रम्पले आफूले त्यस्तो भनेँ होला भनेर विश्वासै नलागेको बताए।

उनले जेलेन्स्कीलाई ‘धेरै साहसी मानिस’ भनेका छन्। युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने विषयमा बेलायती प्रधानमन्त्री कियर स्टारमरसँगको वार्तापछि ट्रम्पले जेलेन्स्केकी तारिफ गरेका हुन्। ट्रम्पले शुक्रबार जेलेन्स्कीसँग ह्वाइट हाउसमा हुने भेटघाट निकै राम्रो हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि ट्रम्पले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्की अमेरिका आउने आशा व्यक्त गरेका थिए भने जेलेन्स्कीले पनि आफू ट्रम्पलाई भेट्न शुक्रबार त्यसतर्फ जाने सम्भावना रहेको बताएका थिए। युक्रेनले अमेरिकालाई खनिज दिने सम्बन्धमा दुई देशबीच प्रारम्भिक सम्झौता भएको छ।

अमेरिकालाई दुर्लभ खनिज दिने सम्बन्धमा सहमति जनाए पनि युक्रेनले कति मूल्यको खनिज दिने हो भन्ने खुलेको छैन। यद्यपि, ट्रम्पले पहिले ५ सय अर्ब डलरको खनिज चाहिने माग गरेका थिए। त्यसबाट पनि अमेरिका पछि हटेको बताइएको छ।

तर, यो सम्झौताका सर्तहरूले अमेरिकालाई ज्यादा फाइदा हुने बताइएको छ। युक्रेनसँग १.९ करोड टन ग्रेफाइट भण्डार छ। जुन ईभीका लागि ब्याट्री बनाउन प्रयोग हुन्छ।

त्यस्तै युरोप लिथियम भण्डारको एकतिहाइ युक्रेनमै छ। जुन आजभोलि प्रयोगमा रहेका ब्याट्री निर्माणमा उपयोगी हुन्छ। त्यसबाहेक हतियार, टर्बाइन्, विद्युतीय सामग्री आदि बनाउन आवश्यक पर्ने दुर्लभ खनिज पनि युक्रेनसँग छ।

युद्ध सुरु भएपछि रुसले ३५० अर्ब डलरभन्दा बढी खनिज भण्डार कब्जा गरेको युक्रेनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव