२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलले गाजामा रोक्यो सबै मानवीय सहायता

१८ फाल्गुन २०८१, आईतवार १५:५३

एजेन्सी | इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम विस्तार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको जनाएको छ ।

‘युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्य भएको र हमासले जारी वार्ताका लागि विटकफको प्रस्ताव अस्वीकार गरेकाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा सबै सामान र आपूर्ति प्रवेश रोक्ने निर्णय गर्नुभएको छ,’ इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ ।

हमास प्रवक्ता सामी अबु जुहारीले भने इजरायलले ‘सस्तो जालझेल’ र युद्धविराम सम्झौतामा ‘कू’ गरेको बताएका छन् । उनले इजरायललाई सहायता सामग्री आपूर्ति पुनः सुरु गर्न मध्यस्थकर्तालाई आग्रह गरेका बीबीसीले जनाएको छ ।

प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको छ । तर अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टी बिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ ।

‘गाजामा जाँदै गरेको सहायता रोक्ने नेतान्याहुको निर्णयले इजरायलको कुरूप अनुहार देखाउँछ । हाम्रा जनतालाई भोकै पर्न नदिन अन्तर्राष्ट्रिय समुदायले इजरायली सरकारलाई दबाब दिनुपर्छ,’ हमास प्रवक्ताले भनेका छन् ।

नेतान्याहुको कार्यालयले शनिबार राति मुस्लिम रमदान र यहूदी ‘पासओभर’ को अवधिमा करिब ४ सातासम्म युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको उल्लेख गरेको थियो । तर यस अवधिको अन्त्यमा वार्ता समाप्त भयो भने इजरायलसँग युद्धमा फर्कने अधिकार सुरक्षित रहेको कार्यालयले जनाएको थियो ।

अमेरिकी विशेषदूत विटकफले भने आफ्नो प्रस्ताव सार्वजनिक गरेका छैनन् । तर इजरायलका अनुसार दोस्रो चरणको युद्धविराम बाँकी सबै जीवित बन्धकहरूको रिहाइ र मृतकमध्ये आधाको शव हस्तान्तरणबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो