१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलेन्स्कीसँग विवादपछि ट्रम्पले युक्रेनलाई सैन्य सहयोग रोके

२० फाल्गुन २०८१, मंगलवार १२:१९

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् । ट्रम्पको यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् ।

ओभल अफिसमा युक्रेनी राष्ट्रपतिसँग भएको तनावपूर्ण बैठकको केही दिन पछि ट्रम्पले उक्त निर्णय गरेका हुन् । ब्लुम्बर्गका अनुसार यसले युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सहयोगी देशको समर्थन अनिश्चित बनेको छ ।

अमेरिकी रक्षा विभागका एक वरिष्ठ अधिकारीका अनुसार, संयुक्त राज्य अमेरिकाले अहिले युक्रेनलाई दिइरहेको सबै सैनिक सहयोग रोक्ने निर्णय गरेको छ। यो सहयोग युक्रेनी नेताहरूले शान्तिप्रति ईमान्दार प्रतिबद्धता नदेखाएसम्म रोकिने ट्रम्पले बताएका छन् ।

ब्लुम्बर्गसँग नाम उल्लेख नगर्ने शर्तमा ती वरिष्ठ अधिकारीले बताए अनुसार ट्रम्पको आदेशसँगै अब कुनै अमेरिकी सैन्य उपकरणहरू अब युक्रेन पठाइनेछैन । यसमा हवाइजहाज तथा पानीजहाजमार्फत पठाइँदै गरेका हतियारहरू र पोल्यान्डमा ट्रान्जिट क्षेत्रमा रोकिएका सामग्रीहरू पनि समावेश छन्।


जेलेन्स्कीद्वारा युद्धविराम प्रस्ताव खारेज

अमेरिकाको यो निर्णयअघि जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूको युद्धविराम आह्वानप्रति प्रतिक्रिया दिंदै युक्रेनको सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रूसको आक्रमणको दीर्घकालीन अन्त्य नगर्ने बताएका थिए ।

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामले युद्ध अन्त्य गर्ने विचारलाई ‘पर्याप्त नभएको’ भन्दै खारेज गरेका हुन् ।

एपीएफका अनुसार आइतबारको सङ्कट शिखर सम्मेलनपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले फ्रान्स र बेलायतले युक्रेनमा ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविरामको प्रस्ताव गरिरहेको बताए । यद्यपि यसले सुरुमा कम्तीमा जमीनी लडाइँलाई समेट्दैन ।

‘यदि युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेन्टीहरू बिना युद्धविरामका लागि बाध्य पारिएमा यो सबैका लागि एक असफलता हुनेछ’, जेलेन्स्कीले बेलायतबाट प्रस्थान गर्नुभन्दा केही समयअघि पत्रकारहरूलाई भने । उनले रूसले सम्झौता तोडे  युक्रेनले जवाफी कारबाही गर्ने बताए ।

‘कल्पना गर्नुहोस् एक हप्तापछि रुसीहरूले हामीलाई प्रहार गर्नेछन् र हामी उनीहरूतर्फ गोली चलाउनेछौँ, पूर्णरूपमा बुझ्न सकिन्छ र यो के हुनेछ ?’, कसले पहिलो गोली चलायो भन्नेबारे वर्षौंको झगडाको अनुमान गर्दै उनले भने, ‘यसबाट कसलाई फाइदा हुनेछ ? रुसीहरूलाई, तर निश्चित रूपमा हामीलाई होइन ।’

आइतबारको वार्तालाई ‘धेरै शक्तिशाली सुरुआत’ भनेर वर्णन गर्दै जेलेन्स्कीले भने, ‘आगामी हप्ताहरूमा वार्ताहरूले अधिक कार्यान्वयनयोग्य योजना र युक्रेनको सुरक्षा ग्यारेन्टीहरू कस्तो देखिन सक्छ भन्नेबारे राम्रो बुझाइ प्रदान गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव