२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासलाई ट्रम्पको चेतावनी : बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनु

२२ फाल्गुन २०८१, बिहीबार १३:३७

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिएका छन्। उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भनेका छन्, ‘सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ!’

उनले भनेका छन्, ‘गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन।’

सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भनेका छन्, ‘सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस्। यो तपाईंको लागि अन्तिम चेतावनी हो! हमाससँग तपाईंसँग अझै पनि अवसर छ त्यो हो यसले अब गाजा छोड्ने समय आएको छ।’

उनले अगाडि लेखेका छन्, ‘म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, यदि तपाईंले मैले भनेजस्तो गर्नु भएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुने छैनन्।’

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेका मध्ये पाँच जना अमेरिकी पनि रहेको विश्वास गरिएको छ। तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एडान अलेक्जेन्डर जीवितै रहेको बताइएको छ।

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि युद्धविरामको पहिलो चरण गत सप्ताहन्तमा समाप्त भएको थियो।

इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

–अमेरिकासँग प्रत्यक्ष वार्ता–

हमासका अधिकारीहरूले बुधबार गाजामा बन्धक बनाइएका व्यक्तिलाई मुक्त गर्ने सम्बन्धमा अमेरिकी दूतसँग प्रत्यक्ष वार्ता गरेको बताएका छन्।

‘हमास र विभिन्न अमेरिकी सञ्चार च्यानलबीच धेरै पटक कुराकानी भएको र पछिल्लो पटक इजरायलका लागि अमेरिकी राजदूतसँग वार्ता भएको छ र अमेरिकी नागरिकता लिएका इजरायली जीवित र मृतक दुवै कैदीको विषयमा छलफल भएको छ,’ हमासका एक अधिकारीले नाम नबताउने सर्तमा भने।

हमासका अन्य वरिष्ठ अधिकारीले ‘हालैका दिनमा दोहामा हमास र अमेरिकी अधिकारीबीच दुई पटक प्रत्यक्ष बैठक भएको’ पुष्टि गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो