२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्नीको हत्याको आरोपमा भारतमा १९ वर्षीय नेपाली युवक पक्राउ

२०८१, २२ फाल्गुन बिहीबार १४:५९

काठमाडौँ | भारतको नासिकमा एक नेपाली युवा पक्राउ परेका छन् । पञ्चवटी क्षत्रेमा घाँटी निमोठेर पत्नीको हत्या गरेको आरोपमा सत्पुर भन्ने स्थनमा बस्दै आएका बिकिरे यादव मंगलबार राति पक्राउ परेका हुन् । मृतक महिला पनि नेपाली नै भएको र उनको नाम अमृता कुमारी यादव भएको समाचारमा उल्लेख छ ।

प्रहरीले बिकिरेलाई अदालतमा पेस गरिसकेको छ । अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको नासिक तालुका प्रहरी थानाका प्रहरी निरीक्षक सत्यजित अम्लेले बताए । अमृताको शव नासिक सहरको बाहिरी क्षेत्रमा रहेको चान्दशीमा एक हप्ता अघि भेटिएको थियो । आसपासमा प्रहरी थानामा हराइरहेको व्यक्तिको सूचना आएको छ कि भनेर खोज्दे जाँदा मृतकको हुलियासँग मेल खाने एउटा उजुरी भेटियो । उजुरीमा श्रीमानले आफ्नो श्रीमती हराइरहेको भन्दै पञ्चवटी प्रहरी थानामा उजुरी दर्ता गरेका थिए । सोधपुछका लागि मृतकको श्रीमानलाई थानामा बोलाएर केरकार गर्दा अन्ततः बिकेरी आफैले श्रीमतीको हत्या गरेको स्वीकारको समाचारमा उल्लेख छ ।

आरोपीले भवन निर्माणसम्बन्धी काम गर्ने गरेको प्रहरीको भनाइ छ । बिहे भएको केही समयपछि नै उनले अमृतामाथि अरूसँग लागेको शंका गर्न थालेका थिए । फेब्रुअरी २८ मा उनले अमृतालाई घुमाउने बाहानमा पञ्चवटी लिएर गएका थिए । सुनसान ठाउँमा पुगेपछि श्रीमतिले लगाइरहेको स्कार्फ खोसेर त्यसैलाई घाँटीमा बेरेर उनको हत्या गरेको बताइएको छ । घटनास्थलबाट लगत्तै प्रहरी थानामा पुगेर उनले श्रीमती हराइरहेको भनेर उजुरी लेखाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार