१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्नीको हत्याको आरोपमा भारतमा १९ वर्षीय नेपाली युवक पक्राउ

२२ फाल्गुन २०८१, बिहीबार १४:५९

काठमाडौँ | भारतको नासिकमा एक नेपाली युवा पक्राउ परेका छन् । पञ्चवटी क्षत्रेमा घाँटी निमोठेर पत्नीको हत्या गरेको आरोपमा सत्पुर भन्ने स्थनमा बस्दै आएका बिकिरे यादव मंगलबार राति पक्राउ परेका हुन् । मृतक महिला पनि नेपाली नै भएको र उनको नाम अमृता कुमारी यादव भएको समाचारमा उल्लेख छ ।

प्रहरीले बिकिरेलाई अदालतमा पेस गरिसकेको छ । अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको नासिक तालुका प्रहरी थानाका प्रहरी निरीक्षक सत्यजित अम्लेले बताए । अमृताको शव नासिक सहरको बाहिरी क्षेत्रमा रहेको चान्दशीमा एक हप्ता अघि भेटिएको थियो । आसपासमा प्रहरी थानामा हराइरहेको व्यक्तिको सूचना आएको छ कि भनेर खोज्दे जाँदा मृतकको हुलियासँग मेल खाने एउटा उजुरी भेटियो । उजुरीमा श्रीमानले आफ्नो श्रीमती हराइरहेको भन्दै पञ्चवटी प्रहरी थानामा उजुरी दर्ता गरेका थिए । सोधपुछका लागि मृतकको श्रीमानलाई थानामा बोलाएर केरकार गर्दा अन्ततः बिकेरी आफैले श्रीमतीको हत्या गरेको स्वीकारको समाचारमा उल्लेख छ ।

आरोपीले भवन निर्माणसम्बन्धी काम गर्ने गरेको प्रहरीको भनाइ छ । बिहे भएको केही समयपछि नै उनले अमृतामाथि अरूसँग लागेको शंका गर्न थालेका थिए । फेब्रुअरी २८ मा उनले अमृतालाई घुमाउने बाहानमा पञ्चवटी लिएर गएका थिए । सुनसान ठाउँमा पुगेपछि श्रीमतिले लगाइरहेको स्कार्फ खोसेर त्यसैलाई घाँटीमा बेरेर उनको हत्या गरेको बताइएको छ । घटनास्थलबाट लगत्तै प्रहरी थानामा पुगेर उनले श्रीमती हराइरहेको भनेर उजुरी लेखाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव