२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ह्वाइट हाउसबाहिर एक हतियारधारी व्यक्तिमाथि गोली प्रहार

२०८१, २६ फाल्गुन सोमबार १३:३६

एजेन्सी |  अमेरिकी गोप्य सेवाले ह्वाइट हाउस बाहिर एक हतियारधारी व्यक्तिलाई गोली हानेको छ।

आइतबार बिहान ह्वाइट हाउस बाहिर एक व्यक्तिलाई गोली हानिएको अमेरिकी गोप्य सेवाले एक विज्ञप्तिमा जनाएको छ। गोप्य सेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार स्थानीय प्रहरीले उनीबारे सूचना दिएको थियो। ती व्यक्ति “आत्महत्याको सम्भावना रहेको” र इन्डियानाबाट वासिङ्टन डी.सी. जान लागेको हुनसक्ने बताइएको थियो।

अधिकारीहरूले उक्त विवरणसँग मेल खाने व्यक्तिलाई फेला पारेपछि उनलाई रोक्न खोजे। तर, उनले बन्दुक निकालेर देखाए, जसका कारण सुरक्षाकर्मीहरूले गोली चलाउनु परेको विज्ञप्तिमा उल्लेख छ।
घाइते भएका ती व्यक्तिलाई अस्पताल लगिएको छ, तर उनको अवस्था अज्ञात रहेको छ।

घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प  ह्वाइट हाउसमा थिएनन्। ट्रम्प सप्ताहन्तका लागि फ्लोरिडास्थित आफ्नो मार-ए-लागो निवासमा रहेका थिए।

यो घटनाको अनुसन्धान अहिले वासिङ्टनको मेट्रोपोलिटन प्रहरीले गरिरहेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार