१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ह्वाइट हाउसबाहिर एक हतियारधारी व्यक्तिमाथि गोली प्रहार

२६ फाल्गुन २०८१, सोमबार १३:३६

एजेन्सी |  अमेरिकी गोप्य सेवाले ह्वाइट हाउस बाहिर एक हतियारधारी व्यक्तिलाई गोली हानेको छ।

आइतबार बिहान ह्वाइट हाउस बाहिर एक व्यक्तिलाई गोली हानिएको अमेरिकी गोप्य सेवाले एक विज्ञप्तिमा जनाएको छ। गोप्य सेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार स्थानीय प्रहरीले उनीबारे सूचना दिएको थियो। ती व्यक्ति “आत्महत्याको सम्भावना रहेको” र इन्डियानाबाट वासिङ्टन डी.सी. जान लागेको हुनसक्ने बताइएको थियो।

अधिकारीहरूले उक्त विवरणसँग मेल खाने व्यक्तिलाई फेला पारेपछि उनलाई रोक्न खोजे। तर, उनले बन्दुक निकालेर देखाए, जसका कारण सुरक्षाकर्मीहरूले गोली चलाउनु परेको विज्ञप्तिमा उल्लेख छ।
घाइते भएका ती व्यक्तिलाई अस्पताल लगिएको छ, तर उनको अवस्था अज्ञात रहेको छ।

घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प  ह्वाइट हाउसमा थिएनन्। ट्रम्प सप्ताहन्तका लागि फ्लोरिडास्थित आफ्नो मार-ए-लागो निवासमा रहेका थिए।

यो घटनाको अनुसन्धान अहिले वासिङ्टनको मेट्रोपोलिटन प्रहरीले गरिरहेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव