१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पावर बैंकका कारण विमान दुर्घटना !

१ चैत्र २०८१, शुक्रबार १६:४०

काठमाडौँ | दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा २८ जनवरीमा आगलागी भएको एयर बुसान यात्रुवाहक विमान पोटेर्बल पावर बैंकका कारण भएको हुनसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।  दुर्घटनाका कारण विमानभित्र रहेका तीन जना घाइते भएका थिए ।

अन्तरिम अनुसन्धान प्रतिवेदन अनुसार, पावर बैंकको भित्रको इन्सुलेसन बिग्रिएपछि आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त पावर बैंक विमानको माथिल्लो लगेज खण्डमा फेला परेको थियो, जहाँ पहिलो पटक आगलागी देखिएको थियो। पावर बैंकको अवशेषमा जलेको दागहरू भेटिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले सन् २०१६ देखि नै लिथियम-आयन ब्याट्रीहरू यात्रुवाहक विमानको कार्गो खण्डमा राख्न प्रतिबन्ध लगाएको छ। यस्ता ब्याट्रीहरू क्षति वा उत्पादन त्रुटिले छोटो सर्किट हुँदा धेरै ताप उत्पन्न गराएर आगलागी गराउन सक्छन्।

एयर बुसानले यो घटनापछि यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै थप कडा नियमहरू लागू गरेको छ। नयाँ नियमअनुसार यात्रुहरूले अब पावर बैंकहरू हातमै बोक्नुपर्नेछ, माथिल्लो लगेज खण्डमा राख्न पाइने छैन।

चीन एयरलाइन्स, थाई एयरवेज लगायतका धेरै एयरलाइन्सहरूले पनि यस्तै नियम लागू गरेका छन्। सिंगापुर एयरलाइन्स र यसको सस्तो सेवा इकाई स्कूटले आगामी अप्रिल १ देखि विमानभित्र पावर बैंक प्रयोग र चार्ज गर्न पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

दक्षिण कोरियाली सरकारले पनि फेब्रुअरी २८ मा नयाँ नियम घोषणा गर्दै यात्रुहरूलाई पावर बैंक तथा चार्जरहरू आफ्नै साथमा बोक्न अनिवार्य बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव