२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पावर बैंकका कारण विमान दुर्घटना !

२०८१, १ चैत्र शुक्रबार १६:४०

काठमाडौँ | दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा २८ जनवरीमा आगलागी भएको एयर बुसान यात्रुवाहक विमान पोटेर्बल पावर बैंकका कारण भएको हुनसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।  दुर्घटनाका कारण विमानभित्र रहेका तीन जना घाइते भएका थिए ।

अन्तरिम अनुसन्धान प्रतिवेदन अनुसार, पावर बैंकको भित्रको इन्सुलेसन बिग्रिएपछि आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त पावर बैंक विमानको माथिल्लो लगेज खण्डमा फेला परेको थियो, जहाँ पहिलो पटक आगलागी देखिएको थियो। पावर बैंकको अवशेषमा जलेको दागहरू भेटिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले सन् २०१६ देखि नै लिथियम-आयन ब्याट्रीहरू यात्रुवाहक विमानको कार्गो खण्डमा राख्न प्रतिबन्ध लगाएको छ। यस्ता ब्याट्रीहरू क्षति वा उत्पादन त्रुटिले छोटो सर्किट हुँदा धेरै ताप उत्पन्न गराएर आगलागी गराउन सक्छन्।

एयर बुसानले यो घटनापछि यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै थप कडा नियमहरू लागू गरेको छ। नयाँ नियमअनुसार यात्रुहरूले अब पावर बैंकहरू हातमै बोक्नुपर्नेछ, माथिल्लो लगेज खण्डमा राख्न पाइने छैन।

चीन एयरलाइन्स, थाई एयरवेज लगायतका धेरै एयरलाइन्सहरूले पनि यस्तै नियम लागू गरेका छन्। सिंगापुर एयरलाइन्स र यसको सस्तो सेवा इकाई स्कूटले आगामी अप्रिल १ देखि विमानभित्र पावर बैंक प्रयोग र चार्ज गर्न पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

दक्षिण कोरियाली सरकारले पनि फेब्रुअरी २८ मा नयाँ नियम घोषणा गर्दै यात्रुहरूलाई पावर बैंक तथा चार्जरहरू आफ्नै साथमा बोक्न अनिवार्य बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार