१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले भुटान, पाकिस्तानसहित  ४१ देशका नागरिकलाई भिसा नदिने

३ चैत्र २०८१, आईतवार ११:१९

काठमाडौँ | एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने भएको छ । रोयटर्सका अनुसार तीमध्ये कतिपय देशमा पूर्ण प्रतिबन्ध लगाइँदैछ भने केहीमा आंशिक ।

अमेरिकाले अफगानिस्तान, उत्तर कोरिया, सिरिया, इरान, क्युवासहितका देशमा आफ्ना नागरिकलाई पूर्ण प्रतिबन्ध लगाएको छ भने ती देशका नागरिकलाई पनि भिसा नदिने नीति लिएको हो । पूर्ण प्रतिबन्ध लगाइएका देशहरूलाई रातो सूचीमा राखिएको छ ।

रातो सूचीमा रहेका अन्य देशमा भुटान, लिबिया, यमेन, सोमालिया, सुडान र भेनेजुयला समेत छन् ।

त्यस्तै यात्रा कडाइ सूचीमा राखिएका देशमा दक्षिण पाकिस्तान, बेलारुस, हाइटी, लाओस,म्यानमार, रुस, सियरालिओन, दक्षिण सुडान, तुर्केमिनिस्तान लगायत छन् । यी देशको भिसा नीतिमा आंशिक निलम्बन गरिएको र यसको असर पर्यटक तथा विद्यार्थी भिसाका साथै आप्रवासी भिसामा पर्ने बताइएको छ ।

केही देशलाई अध्ययनको सूचीमा राखिएको र यो निर्णयलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार ११ देशलाई रेड लिस्टमा राखेर भिसा पूर्ण प्रतिबन्ध लगाइँदैछ ।

रेडलिस्टमा दक्षिण एसियाबाट भुटान र अफगानिस्तान परेका छन् । त्यस्तै भिसा कडाइ गरिएका तर पूर्ण प्रतिबन्ध नलगाइने १० देशमा दक्षिण एसियाबाट पाकिस्तान परेको छ । तेस्रो सूचीमा २२ देश छन् जसलाई ६० दिनको लागि कतिपय चासो सम्बोधन गर्नुपर्ने सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव