२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले भुटान, पाकिस्तानसहित  ४१ देशका नागरिकलाई भिसा नदिने

२०८१, ३ चैत्र आईतवार ११:१९

काठमाडौँ | एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने भएको छ । रोयटर्सका अनुसार तीमध्ये कतिपय देशमा पूर्ण प्रतिबन्ध लगाइँदैछ भने केहीमा आंशिक ।

अमेरिकाले अफगानिस्तान, उत्तर कोरिया, सिरिया, इरान, क्युवासहितका देशमा आफ्ना नागरिकलाई पूर्ण प्रतिबन्ध लगाएको छ भने ती देशका नागरिकलाई पनि भिसा नदिने नीति लिएको हो । पूर्ण प्रतिबन्ध लगाइएका देशहरूलाई रातो सूचीमा राखिएको छ ।

रातो सूचीमा रहेका अन्य देशमा भुटान, लिबिया, यमेन, सोमालिया, सुडान र भेनेजुयला समेत छन् ।

त्यस्तै यात्रा कडाइ सूचीमा राखिएका देशमा दक्षिण पाकिस्तान, बेलारुस, हाइटी, लाओस,म्यानमार, रुस, सियरालिओन, दक्षिण सुडान, तुर्केमिनिस्तान लगायत छन् । यी देशको भिसा नीतिमा आंशिक निलम्बन गरिएको र यसको असर पर्यटक तथा विद्यार्थी भिसाका साथै आप्रवासी भिसामा पर्ने बताइएको छ ।

केही देशलाई अध्ययनको सूचीमा राखिएको र यो निर्णयलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार ११ देशलाई रेड लिस्टमा राखेर भिसा पूर्ण प्रतिबन्ध लगाइँदैछ ।

रेडलिस्टमा दक्षिण एसियाबाट भुटान र अफगानिस्तान परेका छन् । त्यस्तै भिसा कडाइ गरिएका तर पूर्ण प्रतिबन्ध नलगाइने १० देशमा दक्षिण एसियाबाट पाकिस्तान परेको छ । तेस्रो सूचीमा २२ देश छन् जसलाई ६० दिनको लागि कतिपय चासो सम्बोधन गर्नुपर्ने सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार