१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दिनमा कति कमायो एञ्जिलाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ ले?

४ चैत्र २०८१, सोमबार ११:३३

काठमाडौँ | गत बिहीबार अर्थात् फागुन २९ देखि प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ले तीन दिनमा २ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले आइतबार फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन्।

फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको साथ पाइरहेको छ। शनिबारको व्यापारपछि हलवालाले सो थपेको निर्देशक मिलन चाम्सले बताए। फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। फिल्ममा आफैंले मुख्य भूमिकामा अभिनय गरेकी छन्।

 

बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। एञ्जिलासहित फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा चर्चित बनिरहेकाे छ। गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारले गाएका छन्। प्रभा बर्तौलाको शब्द रहेको गीतमा गायक थानेश्वरले नै संगीत भरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव