२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट

४ चैत्र २०८१, सोमबार १४:४७

वासिङ्टन डीसी । अमेरिकाले २ सय भन्दा बढी आपराधिक गिरोहका सदस्यहरूलाई एल साल्भाडोर देशमा डिपोर्ट गरेको छ। यसमा २३८ जना भेनेजुयलाको कुख्यात गिरोह ‘ ट्रेन डे आरग्वा’ का सदस्यहरू रहेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो गिरोहलाई “आक्रमणको योजना बनाएको” भन्दै आतंकवादी संगठनको रूपमा घोषणा गरेका थिए।

ह्वाइटहाउस र अदालतबिच पछिल्लो समय टकराव भइरहँदा एक जना सङ्घीय न्यायाधीशले शनिवार साँझ शताब्दीऔँ  पुरानो विदेशी शत्रु ऐनलाई प्रयोग गर्न सक्ने  प्रशासनको क्षमतामा रोक लगाएका थिए । त्यस्ता आप्रवासी बोकेर गएको विमानलाई अमेरिका फर्काउन मौखिक आदेश पनि दिइएको थियो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा ‘उप्स…. अब त ढिला भइसक्यो,’ लेख्दै अमेरिकी अदालतले रोक लगाएको आदेश ढिला आएको बताउँदै भिडियो सार्वजनिक गरे, जहाँ हात र खुट्टा बाँधिएका मानिसहरूलाई सुरक्षाकर्मीहरूले विमानबाट झारिरहेको देख्न सकिन्छ।

अमेरिकी जिल्ला न्यायाधीश जेम्स बोआसवर्गले ट्रम्प प्रशासनको आदेशलाई रोक लगाउँदै १४ दिनका लागि डिपोर्टेसन स्थगित गर्न आदेश दिएका थिए। तर, उक्त आदेश आउनुअघि नै विमानहरू उडिसकेको भन्दै ट्रम्प प्रशासनले अदालतको आदेश उल्लङ्घन नगरिएको बताएको छ।

भेनेजुयलाले अमेरिकी कदमको कडा आलोचना गर्दै “यो कदमले भेनेजुयली प्रवासीहरूलाई अन्यायपूर्वक अपराधीकरण गरेको” आरोप लगाएको छ। यसैबीच, एम्नेस्टी इन्टरनेसनलले पनि अमेरिकी प्रशासनको कदमलाई “जातीय भेदभावपूर्ण” भन्दै आलोचना गरेको छ।

डिपोर्ट गरिएका व्यक्तिहरूलाई एल साल्भाडोरको कुख्यात ‘Terrorism Confinement Center (Cecot)’ मा राखिएको छ। यो जेल ४०,००० कैदी राख्न सक्ने क्षमता भएको बताइएको छ। मानव अधिकारवादी समूहहरूले भने उक्त जेलमा कैदीहरूमाथि दमन र अमानवीय व्यवहार गरिएको आरोप लगाएका छन्।

यो घटनाले अमेरिका र एल साल्भाडोरबीचको कूटनीतिक सम्बन्धलाई बलियो बनाएको देखिएको छ, जसअनुसार एल साल्भाडोरले अमेरिकी डिपोर्टहरूलाई स्वीकार गर्दै आफ्नो जेल प्रणाली विस्तार गर्ने योजना अघि बढाएको छ।

अमेरिकामा गैरकानुनी आप्रवासन रोक्ने अभियानलाई ट्रम्प प्रशासनले कडा रूपमा अघि बढाइरहेको छ, जसअन्तर्गत ‘‘ट्रेन डे आरग्वा ’ र ‘एमएस–१३ ’ लाई विदेशी आतंकवादी संगठनको रूपमा सूचीकृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो