२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँग मिलेर श्रीमानको हत्या: शव लुकाउन १५ टुक्रा बनाएर ड्रममा राखी सिमेन्टले सील, कसरी पत्ता लाग्यो घटना?

२०८१, ६ चैत्र बुधबार १२:५०

काठमाडौँ  | भारतको उत्तर प्रदेश राज्यको मेरठमा हालै एक दर्दनाक घटना सार्वजनिक भएको छ । मेरठ निवासी मुस्कान रस्तोगीले आफ्नो प्रेमी साहिलसँग मिलेर आफ्ना पति सौरभ राजपूतको हत्या गरेकी छिन्।

सन् २०१६ मा मुस्कान रस्तोगी र सौरभ राजपूतको प्रेम विवाह भएको थियो। सौरभ एक व्यावसायिक पानीजहाजमा अफिसरका रूपमा काम गर्दथे । सौरभ लामो समयसम्म सामुद्रिक यात्रामा रहने भएकाले मुस्कान मेरठमै भाडाको घरमा छोरीसँग बस्दै आएकी थिइन् । दुवैको एक छोरी छन्, जो अहिले दुई कक्षामा पढ्दैछिन् ।

सन् २०१९ मा मुस्कानको जीवनमा साहिल नाम गरेका युवकको प्रवपेश भयो । मुस्कान बसेकै टोलमा साहिल पनि बस्दथे । सुरुवातमा दुवैबिच मित्रताको सम्बन्ध थियो । तर बिस्तारै दुवैबिच प्रेम सम्बन्ध बढ्न थाल्यो । साहिलसँगको प्रेममा डुबिसकेकी मुस्कानले पति सौरभको हत्याको योजना बनाइन् ।

सौरभ मार्च ४ मा छुट्टी मनाउन घर फर्किए।  ५ मार्चको राति सौरभ घरमा सुतिरहेका थिए । मुस्कानसँगै सल्लाहमा साहिलले सौरभमाथि चक्कु प्रहार गरे । सौरभको घटनास्थलमै मृत्यु भयो।
शवलाई लुकाउन, उनीहरूले सौरभको शरीरका १५ टुक्रा गरे र ती टुक्राहरूलाई प्लास्टिकको ड्रममा राखेर  ड्रममा सिमेन्टको घोल हालेर सिल गरे।

मुस्कानले आफू पति सौरभसँग हिमाचल घुम्न जान लागेको हल्ला फिँजाइन् । त्यसपछि घरमा ताला लगाएर उनी हिँडिन् ।  त्यसअघि उनले एउटा प्लास्टिकको ड्रम किनेर ल्याएकी थिइन्, जसमा सौरभको शवलाई टुक्रा पारेर राखियो र माथिबाट सिमेन्टको घोल हालेर त्यसलाई ठोस आकार दिइयो ।

सौरभको हत्यापछि मुस्कान र उनका प्रेमी साहिल तीन दिनसम्म मनालीमा बसे । त्यहाँ दुवैले हनिमुन मनाएको बताइन्छ । मुस्कानले पतिको हत्या सम्बन्धमा कसैलाई शंका नहोस् भनेर निकै चलाखीपूर्ण तरिकाले काम गरे । परिवार र साथीहरूलाई उनीहरू सामान्य रूपमा घुम्न गएको भान परोस् भनेर मुस्कानले आफ्नो इन्स्टाग्राममा फोटोहरू र भिडियोहरू पोस्ट गरिरहन्थिन् ।

तर, केही दिनसम्म सौरभसँग सम्पर्क हुन नसकेपछि उनका परिवारले शंका गरे। सौरभकी आमाले पटकपटक फोन गर्दा पनि मुस्कानले टालटुल पारिरहन्थिन्। मुस्कानकी आमाले पनि छोरीको व्यवहारमा असामान्यता देखेपछि प्रहरीलाई जानकारी दिइन्।

प्रहरीले मुस्कानलाई नियन्त्रणमा लिएर सोधपुछ ग¥यो । सुरुमा आत्तिएकी उनले झुट बोलेर प्रहरीलाई अलमल्याउन खोजिन् । प्रहरीले साहिलसँग पनि सोधपुछ ग¥यो । तर साहिलले उक्त घटनालाई लुकाउन सकेनन् ।

प्रहरीले अनुसन्धान गर्दा, घरको बाथरूममा सिमेन्टले भरिएको ड्रम फेला पर्‍यो, जसमा सौरभको शव थियो। त्यसपछि प्रहरीले सौरभको घरमा पुगेर ड्रम खोल्यो । ड्रमभित्र ठोस सिमेन्ट भरिएको थियो । कडा मेहनतपछि प्रहरीले सिमेन्टले ढाकिएको शव बरामद गरी पोस्टमार्टमका लागि पठायो ।

मुस्कान र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्या र षडयन्त्र रचेको लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरिएको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे