४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँग मिलेर श्रीमानको हत्या: शव लुकाउन १५ टुक्रा बनाएर ड्रममा राखी सिमेन्टले सील, कसरी पत्ता लाग्यो घटना?

६ चैत्र २०८१, बुधबार १२:५०

काठमाडौँ  | भारतको उत्तर प्रदेश राज्यको मेरठमा हालै एक दर्दनाक घटना सार्वजनिक भएको छ । मेरठ निवासी मुस्कान रस्तोगीले आफ्नो प्रेमी साहिलसँग मिलेर आफ्ना पति सौरभ राजपूतको हत्या गरेकी छिन्।

सन् २०१६ मा मुस्कान रस्तोगी र सौरभ राजपूतको प्रेम विवाह भएको थियो। सौरभ एक व्यावसायिक पानीजहाजमा अफिसरका रूपमा काम गर्दथे । सौरभ लामो समयसम्म सामुद्रिक यात्रामा रहने भएकाले मुस्कान मेरठमै भाडाको घरमा छोरीसँग बस्दै आएकी थिइन् । दुवैको एक छोरी छन्, जो अहिले दुई कक्षामा पढ्दैछिन् ।

सन् २०१९ मा मुस्कानको जीवनमा साहिल नाम गरेका युवकको प्रवपेश भयो । मुस्कान बसेकै टोलमा साहिल पनि बस्दथे । सुरुवातमा दुवैबिच मित्रताको सम्बन्ध थियो । तर बिस्तारै दुवैबिच प्रेम सम्बन्ध बढ्न थाल्यो । साहिलसँगको प्रेममा डुबिसकेकी मुस्कानले पति सौरभको हत्याको योजना बनाइन् ।

सौरभ मार्च ४ मा छुट्टी मनाउन घर फर्किए।  ५ मार्चको राति सौरभ घरमा सुतिरहेका थिए । मुस्कानसँगै सल्लाहमा साहिलले सौरभमाथि चक्कु प्रहार गरे । सौरभको घटनास्थलमै मृत्यु भयो।
शवलाई लुकाउन, उनीहरूले सौरभको शरीरका १५ टुक्रा गरे र ती टुक्राहरूलाई प्लास्टिकको ड्रममा राखेर  ड्रममा सिमेन्टको घोल हालेर सिल गरे।

मुस्कानले आफू पति सौरभसँग हिमाचल घुम्न जान लागेको हल्ला फिँजाइन् । त्यसपछि घरमा ताला लगाएर उनी हिँडिन् ।  त्यसअघि उनले एउटा प्लास्टिकको ड्रम किनेर ल्याएकी थिइन्, जसमा सौरभको शवलाई टुक्रा पारेर राखियो र माथिबाट सिमेन्टको घोल हालेर त्यसलाई ठोस आकार दिइयो ।

सौरभको हत्यापछि मुस्कान र उनका प्रेमी साहिल तीन दिनसम्म मनालीमा बसे । त्यहाँ दुवैले हनिमुन मनाएको बताइन्छ । मुस्कानले पतिको हत्या सम्बन्धमा कसैलाई शंका नहोस् भनेर निकै चलाखीपूर्ण तरिकाले काम गरे । परिवार र साथीहरूलाई उनीहरू सामान्य रूपमा घुम्न गएको भान परोस् भनेर मुस्कानले आफ्नो इन्स्टाग्राममा फोटोहरू र भिडियोहरू पोस्ट गरिरहन्थिन् ।

तर, केही दिनसम्म सौरभसँग सम्पर्क हुन नसकेपछि उनका परिवारले शंका गरे। सौरभकी आमाले पटकपटक फोन गर्दा पनि मुस्कानले टालटुल पारिरहन्थिन्। मुस्कानकी आमाले पनि छोरीको व्यवहारमा असामान्यता देखेपछि प्रहरीलाई जानकारी दिइन्।

प्रहरीले मुस्कानलाई नियन्त्रणमा लिएर सोधपुछ ग¥यो । सुरुमा आत्तिएकी उनले झुट बोलेर प्रहरीलाई अलमल्याउन खोजिन् । प्रहरीले साहिलसँग पनि सोधपुछ ग¥यो । तर साहिलले उक्त घटनालाई लुकाउन सकेनन् ।

प्रहरीले अनुसन्धान गर्दा, घरको बाथरूममा सिमेन्टले भरिएको ड्रम फेला पर्‍यो, जसमा सौरभको शव थियो। त्यसपछि प्रहरीले सौरभको घरमा पुगेर ड्रम खोल्यो । ड्रमभित्र ठोस सिमेन्ट भरिएको थियो । कडा मेहनतपछि प्रहरीले सिमेन्टले ढाकिएको शव बरामद गरी पोस्टमार्टमका लागि पठायो ।

मुस्कान र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्या र षडयन्त्र रचेको लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरिएको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ