१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा मन्त्रालय बन्द गर्ने आदेशमा हस्ताक्षर गर्दै छन् ट्रम्प

७ चैत्र २०८१, बिहीबार १३:१५

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकी शिक्षा मन्त्रालयले खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै छन् । राष्ट्रपतिको चुनावको बेलामा उनले गरेका वाचाहरूमध्ये यो पनि एक थियो । युएसए टुडेले ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक समारोहमा आदेशमा हस्ताक्षर गर्नेछन् । यस अवसरमा रिपब्लिकन पार्टीका कयौँ गभर्नरहरू र राज्य शिक्षा आयुक्तहरूको उपस्थिति हुने बताइएको छ ।

युएसए टुडेका अनुसार, ट्रम्पले आफ्नी शिक्षा मन्त्री लिन्डा म्याकमोहनलाई शिक्षा विभाग बन्द गर्न र राज्यहरूलाई शिक्षासँग सम्बन्धित अधिकार फिर्ता गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिनेछन् । आदेशमा अमेरिकी नागरिकहरूले निर्भर रहेका सेवा, कार्यक्रम र सुविधाहरूको अवरोध नहुने गरी आपूर्ति गरिराख्न भनिनेछ ।

ट्रम्पको लागि परीक्षा हुनेछ यो आदेश

ट्रम्पको यो नयाँ आदेश राष्ट्रपतिको शक्तिको सीमाको नयाँ परीक्षण हुनेछ । यसअघि, उनको सरकारले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) बन्द गर्ने प्रयास गरेको थियो, जसलाई यस हप्ता मेरील्याण्डको सङ्घीय जिल्ला अदालतले रोक लगाएको थियो । १९७८ मा कांग्रेसद्वारा मन्त्रीस्तरीय एजेन्सीको रूपमा स्थापित शिक्षा मन्त्रालय स्थापना गरेको थियो ।

ट्रम्पले आदेशमा हस्ताक्षर गरेपनि यो तुरुन्तै बन्द हुने छैन । मन्त्रालयलाई पूर्ण रूपमा खारेज गर्न कंग्रेसको कारबाही आवश्यक पर्नेछ । हालैका हप्ताहरूमा, ट्रम्पले शिक्षा मन्त्रालयका कर्मचारी कटौती गरिरहेका थिए । राष्ट्रपतिको यो आदेशले सबै विद्यार्थीका लागि नतिजा सुधार गर्न अभिभावक, राज्य र समुदायलाई सशक्त बनाउने ह्वाइट हाउसका प्रमुख उप–प्रेस सचिव ह्यारिसन फिल्ड्सले युएसए टुडेलाई दिएको एक विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव