२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शैक्षिक नतिजा नसुध्रिएको भन्दै ट्रम्पले गरे शिक्षा विभाग बन्द गर्ने निर्णय

२०८१, ८ चैत्र शुक्रबार ११:३५

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभागलाई बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

यो निर्णय ट्रम्पको चुनावी वाचा मध्ये एक थियो। आदेशमा हस्ताक्षर गरेपछि उनले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं। यसबाट कुनै फाइदा भइरहेको छैन।’

ट्रम्पले लामो समयदेखि शिक्षा विभाग खारेज गर्ने माग गर्दै आएका थिए। यद्यपि, यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि अमेरिकी संसद (कंग्रेस) को स्वीकृति आवश्यक हुनेछ, जुन तत्काल सम्भव देखिँदैन।

ट्रम्पको यो कदमलाई पहिले नै कानुनी चुनौतीहरू सामना गर्नुपरेको छ। केही समूहहरूले शिक्षा विभाग बन्द गर्ने र अघिल्लो हप्ता घोषणा गरिएका कर्मचारी कटौतीको निर्णयलाई रोक्ने प्रयासमा मुद्दा दायर गरेका छन्।

विद्यार्थीहरूको कमजोर सफलता दरप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले भने, ‘अमेरिका अरू कुनै देशभन्दा धेरै शिक्षा क्षेत्रमा पैसा खर्च गर्छ, तर यसका बाबजुद पनि विद्यार्थीहरूको नतिजा कमजोर छ।’

शिक्षा विभाग कलेज र विश्वविद्यालयका विद्यार्थीहरूका लागि संघीय छात्रवृत्ति र ऋण व्यवस्थापन गर्ने, साथै कम आय भएका र शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहायता पुर्‍याउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार