१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा

८ चैत्र २०८१, शुक्रबार १६:५०

काठमाडौँ | सामाजिक सञ्जाल एक्स (पहिलेको नाम ट्विटर) ले भारत सरकारविरुद्ध कर्नाटक उच्च अदालतमा मुद्दा दायर गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सूचना प्रविधि ऐनअन्तर्गत जारी गरिएका ब्लकिङ आदेशविरुद्ध एक्सले मुद्दा दिएको हो। यो निवेदन मार्च ५ मा दायर गरिएको हो। जसमा सूचना प्रविधि ऐनको धारा ७९ अन्तर्गत ब्लकिङ आदेशलाई चुनौती दिइएको छ।

यो खण्डले एक्स, युट्युब र फेसबुकजस्ता मध्यस्थकर्ताहरूलाई उनीहरूको प्लेटफर्ममा प्रयोगकर्ताहरूले पोस्ट गरेको सामग्रीका लागि जिम्मेवार ठहरिनबाट जोगाउँछ।

भारत सरकारले यस प्रावधानअन्तर्गत कानुनविरुद्ध ब्लक गर्ने आदेश जारी गरेको र सामग्री हटाउने कानुनी प्रक्रियालाई बाइपास गरेको तर्क एक्सले गरेको छ।निवेदनमा भनिएको छ- धेरै केन्द्रीय र राज्य एजेन्सीले विभिन्न विभाग र स्थानीय अधिकारीलाई सामग्री ब्लक गर्ने अधिकार दिएका छन्।

सरकारले सामग्री ब्लक गर्न सजिलो बनाउन “सहयोग पोर्टल” नामक सेन्सरसिप पोर्टल सिर्जना गरेको उल्लेख गर्दै एक्सले आफू यो पोर्टलमा सामेल नहुने निर्णय गरेको निवेदनमा उल्लेख गरेको छ।

फेब्रुअरी १२ मा रेलवे मन्त्रालयले एक्स र अन्य सामाजिक सञ्जाल प्लेटफर्मलाई केही पोस्ट हटाउन आदेश दिएको थियो।

जवाफमा एक्सले फेब्रुअरी १४ मा केन्द्र सरकारलाई पत्र पठाउँदै यस तरिकाले पोस्ट हटाउने आदेश दिनु गैरकानुनी भएको र यसविरुद्ध अदालत जाने बताएको थियो।

फेब्रुअरी २१ मा रेलवे मन्त्रालयले एक्सलाई नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडसँग सम्बन्धित केही पोस्ट हटाउन निर्देशन दिएको थियो।

एक्सले उच्च अदालतमा अपिल गरेको छ- सरकारले यस धाराअन्तर्गत सामग्री ब्लक गर्न सक्दैन र सहयोग पोर्टलमा सामेल नभएकामा एक्सलाई दण्ड दिन पाइँदैन।

अदालतले एक्सविरुद्ध फैसला सुनायो तर यसविरुद्धको पुनरावेदन अझै विचाराधीन छ।

एक्सद्वारा दायर नयाँ मुद्दाको सुनुवाइ मार्च २७ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव