१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रकेट हमलाको बदला: इजरायलद्वारा लेबनानमा आक्रमण, सीमा क्षेत्रमा तनाव बढ्यो

१० चैत्र २०८१, आईतवार ०७:३६

काठमाडौं । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि इजरायलले दक्षिणी लेबनानमा जवाफी हवाई हमला गरेको जनाएको छ । इजरायलको जवाफी हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।

युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ ।

बीबीसीका अनुसार इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको छ । टालिनमा एक आवासीय भवन नष्ट भएको छ । त्यसमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ ।

यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायलको मेटुला शहरतर्फ रकेट आक्रमण भएको र त्यसलाई आकासमै नष्ट गरेको जनाएको थियो । इजरायलको आपतकालीन सेवाका अनुसार यो आक्रमणमा इजरायलतर्फ कुनै पनि हताहत भएको छैन ।

समाचार एजेन्सी सिन्ह्वाका अनुवाका लेबनानमा शान्ति र स्थिरता बहाल गर्न दक्षिणी लेबनानमा सैन्य इकाइहरु थपिएको छ ।

इजरायली सेनाले भने प्रधानमन्त्री वेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल केट्जको निर्देशनमा लेबनानलाई कडा जवाफ दिने जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले हिजबुल्लाहका संरचनाहरुमा आक्रमण गरेका छौं । हामीले कडा जवाफ दिने कसम खाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव