२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रकेट हमलाको बदला: इजरायलद्वारा लेबनानमा आक्रमण, सीमा क्षेत्रमा तनाव बढ्यो

२०८१, १० चैत्र आईतवार ०७:३६

काठमाडौं । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि इजरायलले दक्षिणी लेबनानमा जवाफी हवाई हमला गरेको जनाएको छ । इजरायलको जवाफी हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।

युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ ।

बीबीसीका अनुसार इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको छ । टालिनमा एक आवासीय भवन नष्ट भएको छ । त्यसमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ ।

यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायलको मेटुला शहरतर्फ रकेट आक्रमण भएको र त्यसलाई आकासमै नष्ट गरेको जनाएको थियो । इजरायलको आपतकालीन सेवाका अनुसार यो आक्रमणमा इजरायलतर्फ कुनै पनि हताहत भएको छैन ।

समाचार एजेन्सी सिन्ह्वाका अनुवाका लेबनानमा शान्ति र स्थिरता बहाल गर्न दक्षिणी लेबनानमा सैन्य इकाइहरु थपिएको छ ।

इजरायली सेनाले भने प्रधानमन्त्री वेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल केट्जको निर्देशनमा लेबनानलाई कडा जवाफ दिने जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले हिजबुल्लाहका संरचनाहरुमा आक्रमण गरेका छौं । हामीले कडा जवाफ दिने कसम खाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार