१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन

१० चैत्र २०८१, आईतवार १३:१८
काठमाडौँ | चर्चित भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अन्तिम प्रतिवेदन तयार गरेको छ।

रातपूतको मृत्यु प्रकरणमा चार वर्ष ६ महिना १५ दिनपछि सीबीआईले अन्तिम प्रतिवेदन रिपोर्ट मुम्बईको विशेष अदालतमा बुझाएको हो।

सीआईबीको अनुसन्धानले सुशान्तलाई आत्महत्या गर्न उक्साएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेको छ। साथै सुशान्तकी प्रेमिका रिया चक्रवतीलाई यस मुद्दामा क्लिन चिट दिएको पनि भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।


१४ जुन २०२० मा सुशान्त बान्द्रास्थित आफ्नै घरमा मृत फेला परेका थिए। मिडिया र विपक्षी दलहरूको दबाबका कारण यस मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो। अब सीबीआईको अन्तिम रिपोर्टमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको छ।

यस मुद्दामा सुशान्तकी प्रेमिका रियाले २७ दिन जेलमा बस्नुपरेको थियो। सीबीआईको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि, रियाका वकिल सतीश मानेशिन्देले एक विज्ञप्ति जारी गर्दै यस मुद्दामा धेरै झूटा कथाहरू बनाइएको बताए।

सुशान्तका बुबा केके सिंहले रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन, ठगी र मनी लन्ड्रिङको आरोप लगाउँदै उजुरी दिएका थिए। रियाले पनि सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लगाएकी थिइन्।

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि उनकी म्यानेजर दिशा सालियनको मुम्बईको मलाडमा रहेको एक भवनको १४ औं तलाबाट खसेर मृत्यु भएको थियो। यी दुवै मृत्युलाई शंकास्पद मानिएको थियो। अब यो प्रतिवेदन स्वीकृत गर्ने वा थप अनुसन्धानको आदेश दिने भन्ने निर्णय अदालतले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव