१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिनीज वर्ल्ड रेकर्डमा नाम लेखाउने ‘करुम्बी’ 

११ चैत्र २०८१, सोमबार १२:३५

काठमाडौँ | भारतको केरलाका एक किसानको स्वामित्वमा  विश्वको सबैभन्दा सानो बाख्रा रहेको छ । हालै यो बाख्रालाई विश्वको सबैभन्दा सानो जीवित बाख्राको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गरिएको छ ।

यसको मालिक पिटर लेनुलाई थाहा थियो कि उनको बाख्रा ‘करुम्बी’ एकदम सानो छ । जब मानिसहरूले उनलाई गिनिज बुकमा नाम दर्ता गराउन सुझाव दिए, उनले प्रक्रिया अगाडि बढाए । गिनिज बुकका अनुसार बाख्राको जन्म सन् २०२१ मा भएको थियो । पूर्ण रूपमा विकसित भइसकेपछि पनि उसको उचाइ १ फिट ३ इन्च मात्र छ । बाख्रा क्यानेडियन पिग्मी प्रजातिको हो, जसमा आनुवंशिक बौनापन छ।

पिग्मी बाख्रा एक सानो, आकर्षक र मिलनसार स्वभावको बाख्रा हो, जुन मुख्यतः पश्चिम अफ्रिकाको क्यामरुन क्षेत्रबाट आएको हो। यसको उचाइ १६-२१ इन्च (४०-५३ सेन्टिमिटर) र तौल २५-३५ किलोसम्म मात्र हुने हुँदा यसलाई कम ठाउँमा सजिलै पाल्न सकिन्छ। यी बाख्राहरू चञ्चल, बुद्धिमान र अरू जनावरहरूसँग छिट्टै घुलमिल हुने भएकाले घरपालुवा जनावरको रूपमा निकै लोकप्रिय छन्। साथै, पिग्मी बाख्राले दिने दूधमा उच्च मात्रामा फ्याट र प्रोटीन पाइने भएकाले दुग्ध उत्पादनका लागि पनि उपयोगी मानिन्छ। सही हेरचाह पाएमा यी बाख्राहरू १०-१५ वर्षसम्म बाँच्न सक्छन्।

पिटर लेनुले गाई, खरायो, कुखुरा र हाँस पनि पालेका छन् । पिटर लेनुको यो बाख्रा अहिले गर्भवती भएकी छे। सोचिएका छ कि उसका पाठापाठी पनि ऊ जस्तै हुनेछ । उनीहरुले नयाँ कीर्तिमान पनि बनाउन सक्छन् । पिटरका अनुसार  कारुम्बी धेरै मिलनसार छे ।

जब पिटरले बाख्राको नाम गिनिज बुकमा दर्ता गर्ने सल्लाह पाए, उनले यसलाई पशु चिकित्सक कहाँ लगेका थिए । परीक्षणमा करुम्बी स्वस्थ छिन् र उनको सानो कद कुनै रोगको कारण नभई प्राकृतिक भएको प्रमाणित भयो। त्यसपछि गिनिज बुकका प्रतिनिधिहरूलाई सम्पर्क गरियो । र अन्ततः यस बाख्राको नाम ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा दर्ता भयो । सो दर्ता भएपछि बाख्रा हेर्न पिटरको घरमा भीड लाग्न थालेको छ ।

धेरैले यो बाख्रासँग सेल्फी लिन्छन् भने कोहीले भिडियो पनि बनाउँछन् र सामाजिक सञ्जालमा हाल्छन् । बाख्राका मालिक पिटर भन्छन्, ‘अब हामी यसबाट बच्चा जन्मिने पर्खाइमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव