२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका सेना प्रमुख मुनीरमाथि अमेरिकाद्वारा प्रतिबन्ध

२०८१, १३ चैत्र बुधबार १२:२५

काठमाडौँ | अमेरिकाले पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। यसका लागि कांग्रेसमा विधेयक पेस गरिएको छ। यस विधेयकको उद्देश्य पाकिस्तानमा राजनीतिक विपक्षीहरूको दमन, विशेष गरी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीको लागि सैन्य नेतृत्वलाई जवाफदेही बनाउनु हो।

यो विधेयक अमेरिकी संसदमा रिपब्लिकन सांसद जो विल्सन र डेमोक्र्याटिक सांसद जिमी पनेटाले पेस गरेका हुन्। उक्त प्रस्तावले ग्लोबल म्याग्निट्स्की मानव अधिकार जवाफदेहिता ऐन अन्तर्गत पाकिस्तानी सैन्य अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गर्दछ।

यदि विधेयक पारित भयो भने जनरल मुनिर र अन्य अधिकारीहरूले विदेशमा रहेको सम्पत्ति जफत गर्नुका साथै प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुन सक्छ। यो विधेयकलाई डेमोक्र्याटिक सांसद रो खन्ना र इल्हान ओमार र रिपब्लिकन सांसद ज्याक बर्गम्यान जस्ता १० सांसदहरूले पहिले नै समर्थन गरिसकेका छन्।

यदि विधेयक पारित भयो भने अमेरिकाले १८० दिनभित्र पाकिस्तानको सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाउने छ। राजनीतिक दमनमा भूमिका खेल्ने जनरल मुनिर लगायत अन्य अधिकारीहरूको पहिचान गरिने छ। यी अधिकारीहरूले अमेरिकी भिसा पाउने छैनन् र उनीहरूको अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने छ।

विधेयकमा एउटा सर्त पनि राखिएको छ कि यदि सेनाको सत्तामा हस्तक्षेप कम भयो भने पाकिस्तानमाथि पहिले नै लगाइएका धेरै प्रतिबन्धहरू हटाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार