१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका सेना प्रमुख मुनीरमाथि अमेरिकाद्वारा प्रतिबन्ध

१३ चैत्र २०८१, बुधबार १२:२५

काठमाडौँ | अमेरिकाले पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। यसका लागि कांग्रेसमा विधेयक पेस गरिएको छ। यस विधेयकको उद्देश्य पाकिस्तानमा राजनीतिक विपक्षीहरूको दमन, विशेष गरी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीको लागि सैन्य नेतृत्वलाई जवाफदेही बनाउनु हो।

यो विधेयक अमेरिकी संसदमा रिपब्लिकन सांसद जो विल्सन र डेमोक्र्याटिक सांसद जिमी पनेटाले पेस गरेका हुन्। उक्त प्रस्तावले ग्लोबल म्याग्निट्स्की मानव अधिकार जवाफदेहिता ऐन अन्तर्गत पाकिस्तानी सैन्य अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गर्दछ।

यदि विधेयक पारित भयो भने जनरल मुनिर र अन्य अधिकारीहरूले विदेशमा रहेको सम्पत्ति जफत गर्नुका साथै प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुन सक्छ। यो विधेयकलाई डेमोक्र्याटिक सांसद रो खन्ना र इल्हान ओमार र रिपब्लिकन सांसद ज्याक बर्गम्यान जस्ता १० सांसदहरूले पहिले नै समर्थन गरिसकेका छन्।

यदि विधेयक पारित भयो भने अमेरिकाले १८० दिनभित्र पाकिस्तानको सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाउने छ। राजनीतिक दमनमा भूमिका खेल्ने जनरल मुनिर लगायत अन्य अधिकारीहरूको पहिचान गरिने छ। यी अधिकारीहरूले अमेरिकी भिसा पाउने छैनन् र उनीहरूको अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने छ।

विधेयकमा एउटा सर्त पनि राखिएको छ कि यदि सेनाको सत्तामा हस्तक्षेप कम भयो भने पाकिस्तानमाथि पहिले नै लगाइएका धेरै प्रतिबन्धहरू हटाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव