२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पत्नीको बिहे गराइदिएका युवक चार दिन पनि टिक्न नसकी फिर्ता माग्न पुगे

२०८१, २० चैत्र बुधबार १८:१८

काठमाडौँ | भारतको उत्तर प्रदेश राज्यको सन्त कबीरनगर जिल्ला निवासी बबलू केही अघि आफ्नै पत्नी राधिकाको बिहे अर्कासँग गराइदिएर चर्चामा आएका थिए । पत्नीलाई उनकै प्रेमी विकाससँग बिहे गराइदिएका बबलू चार दिनभन्दा बढी आफ्नो निर्णयमा टिक्न सकेनन् ।

बबलूले पत्नी राधिकाको हात जसलाई थमाइदिएका थिए, उनैसँग याचना गरेर राधिकाको हात मागेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार राधिकाको हात माग्न बबलू हालै विकासको घरमा पुगेका हुन् ।

पतिले नै गराइदिए पत्नीको बिहे
बबलूकी आमाले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छन्, ‘हामीले त पहिला नै यस्तो निर्णय नलिन बबलूलाई सम्झाएका थियौँ तर मानेन । उसैले बिहे गराइदियो । पछि उसलाई पनि आफूले गल्ती गरेँ भन्ने लागेछ ।’

बबलू र राधिकाका दुई सन्तान छन् । बबलूले पत्नी राधिकाको बिहे गराउने बेलामै बालबच्चाको हेरचाह आफैँ गर्ने भनेर राधिका र विकासलाई नयाँ दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।

तर राधिकाविना बालबच्चाको हेरचाह गर्न कठिन भएपछि चार दिनमै बबलू राधिकाको हात माग्न विकासको घर पुगे । विकासले पनि राधिकालाई बबलूको जिम्मा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बबलू अहिले राधिकालाई लिएर अलग्गै बस्न थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार